back
CTIZAN AD

एससीटीद्वारा नयाँ लोगो सार्वजनिक

वि.सं.२०७९ वैशाख ८ बिहीवार

660 

shares

काठमाडौं । नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनीका रूपमा अग्रणी भूमिका निर्वाह गरिरहेको एससीटी, स्मार्ट च्वाइस टेक्नोलोजीजले नयाँ लोगो सार्वजनिक गरेको छ । एससीटीले आफ्ना सेवाहरूमा सुधारको घोषणा गर्दै आफ्नो नयाँ लोगो सार्वजनिक गरेको हो ।

नेपालबाट सञ्चालित यस कम्पनीले ‘क’ वर्गका वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थालाई विभिन्न प्रकारका कार्ड र भुक्तानी प्लेटफर्म उपलब्ध गराउँदै आएको छ । एससिटी नेपाललाई पहिलो पटक नयाँ इन्टग्रेटेड शेयर्ड स्विचिङ पेमेन्ट नेटवर्क र डोमेस्टिक प्रोपाइटरी कार्ड योजनासँग परिचित गराउने पथ प्रदर्शकको रुपमा रहेको छ ।

एससिटीले दोहोरो इन्टरफेस (सम्पर्कसहित र सम्पर्कविहीन) देखि लिएर डेबिट र प्रिपेड कार्ड (घरेलु र अन्तर्राष्ट्रिय), एटीएम र पीओएसको परस्पर सम्बन्ध, बिएफआइहरू बीचको अन्तरसञ्चालन, अन्तर्राष्ट्रिय योजनाहरुको गेटवे, क्यूआरसी भुक्तानी प्लेटफर्म र यसमार्फत वित्तीय प्रविधिको पूर्ण समाधानसम्मका विविधतापूर्ण भुक्तानी सेवाहरु प्रवाह गर्दै नेपालमा डिजिटल भुक्तानीको पूर्वाधार र विकासमा सघाउ पुर्याएको छ ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी नेटवर्क को रुपमा चिनिने स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंकअन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो । एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरु, विकास बैंकहरु, पिएसपि पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरुलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरु उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेसनल, पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १२:४८ मा प्रकाशित

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

आइएमई लाइफको ‘बिजनेस एक्सिलेन्स अवार्ड नाइट-२०२६’ सम्पन्न

काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको श्रावण १५ गते...

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल

काठमाडौँ । पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका...