काठमाडौं । सत्ता गठबन्धनका शिर्ष नेताहरुले देशैभरी संयुक्त रुपमा चुनावी सभा गर्ने भएका छन् ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको स्थानीयतह चुनावी तयारी तथा अनुगमन समितिको विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा संयुक्त रुपमा चुनावीसभा गर्ने निर्णय गरेको हो ।
सातै प्रदेशमा आयोजित चुनावी सभामा गठबन्धनका शिर्ष नेताहरुले सम्बोधन गर्ने माओवादी केन्द्रका नेता तथा समितिका सदस्य देव गुरुङले जानकारी दिएका छन् । साथै सोहि बैठकले समितिको कार्यालय व्यवस्थित गरेर प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय समेत गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिको भागबण्डाको टुंगो लगाइसकेको छ ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १३:३३ मा प्रकाशित






























