back
CTIZAN AD

काठमाडौंको मेयरका लागि कांग्रेसबाट प्रकाशमान पत्नी सिर्जनासहित ५ जनाको नाम सिफारिस

वि.सं.२०७९ वैशाख ८ बिहीवार

714 

shares

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । नगर सचिव पुरुषोत्तम खकुरेलले जनाकारी दिएअनुसार नगर समितिले नीलकाजी शाक्य, सिर्जना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।

नगर समितिले सिफारिस गरको सिर्जना सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् । त्यसैगरि मेयरको सिफारिसमा परेकी खड्गी बहालवाला उपमेयर हुन् ।

नगरसमितिले सिफारिस गरेका नीलकाजी शाक्य स्वंय कांग्रेस नगरसभापति हुन् । उनी वडा नम्बर २५ का बहालवाला वडाध्यक्ष पनि हुन् ।

सत्ता गठबन्धनले काठमाडौंमा कांग्रेसका तर्फबाट मेयर र नेकपा (एकीकृत समाजवादी)बाट तर्फबाट उपमेयर पदमा उम्मेदवारी दिने सहमति गरिसकेका छन् । सोही सहमतिअनुसार कांग्रेसले मेयरको उम्मेदवार छनोट गर्न लागेको हो । बिहीबार बस्ने कांग्रेस केन्द्रको बैठकले महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १४:४६ मा प्रकाशित

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...