फर्शुराम भुर्तेल, पर्बत । पर्वतको पैयु गाउँपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
पैयूको हातेमालो चोकस्थित वडा न ४ को कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय बिधिबत रुपमा उद्घाटन गरिएको हो ।
निर्बाचन अधिकृत भूमी प्रसाद शर्माद्धारा उद्घाटन गरिएको सो कार्यक्रममा पैयु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद लामिछाने, पैयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ, पैयु गाउँपालिका वडा न ४ का अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, नेपाली काङ्ग्रेसका पालिका सभापति डम्बर कुमार प्रधान, नेकपा माओबादी केन्द्र पैयु गाउँ पालिकाका सचिव दिलिप प्रताप सेन, नेकपा एमालेका चण्डी प्रसाद भुर्तेल, एकीकृत समाजबादीका तारा प्रसाद न्यौपाने विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागीता रहेको थियो ।

सो कार्यक्रममा बोल्दै निर्वाचन अधिकृत शर्माले निर्वाचन भयरहित, स्वच्छ तरिकाले गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १५:१४ मा प्रकाशित






























