काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएको छ । महासंघले निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावली (एघारौँ संशोधन)को विरोध र बीमा निर्देशिकाको बिरोधमा धर्ना कार्यक्रम सुरु गरेको हो ।
महासंघका अध्यक्ष रबि सिंहले निर्माण सामग्रीमा भएको अस्वभाविक मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको बताए । उनले मूल्यवृद्धि फिर्ता हुनुपर्ने वा यस अवधिलाई ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने आफूहरुका मागमा सरकार उदासिन बनेका कारण धर्नामा बस्नु परेको बताए ।
महासंघले पूर्व निर्धारित कार्यक्रम अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिमा धर्ना दिएको हो । महासंघले चैत्र १५ गते पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका माग सम्बोधन नभए धर्ना दिने जनाएको थियो ।
वि.सं.२०७९ वैशाख ८ बिहीवार १५:०७ मा प्रकाशित






























