back
CTIZAN AD

एमालेसँग तालमेल गर्ने निर्णयले लोसपाभित्र भाँडभैलो, वीरगञ्ज कमिटी नै उभियो विरोधमा

वि.सं.२०७९ वैशाख ८ बिहीवार

813 

shares

काठमाडौं । नेकपा (एमाले)सँग चुनावी तालमेल गर्ने विषयले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र भाँडभैलो मच्चिएको छ । नेताहरु एमालेसँग आत्मसमर्पण गरेको भन्दै विरोधमा उभिएका छन् ।

लोसपाको वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ओमप्रकाश सर्राफले एमालेसँगको सहमति कार्यान्वयन नहुने बताए । उनले आफुँहरुसँग सल्लाह नै नगरी एमालेलाई मेयर दिने निर्णय गरिएको बताए ।

“हामी एक्लै चुनावी प्रतिस्पर्धामा जाने तयारीमा थियौं तर, नगर कमिटीलाई नै थाहा नदिई एमालेसँग आत्मसमर्पण गर्ने निर्णय गरिएछ”, सर्राफले सञ्चारमाध्यमसँग भनेका छन्, “यो निर्णय आत्मसमर्पण मात्रै होइन पार्टीलाई सखाप पार्ने निर्णय हो ।”

उनले माथिल्ला नेता मिल्दैमा सहमति नहुने बताए । नगर कमिटीको मागलाई सम्बोधन नगरिए आफुँ स्वतन्त्र उम्मेदवार उठ्न सक्ने जनाउ पनि दिएका छन् । सर्राफ सुरुदेखि नै मेयरको दाबीदारे गर्दै आएका थिए ।

बताइएअनुसार लोसपाभित्र विद्रोह भएमा एमालेले उपस्थिति वीरगञ्जमा निकै कमजोर हुनेछ । लोसपासँगको सहकार्य एमालेका लागि फाइदाकर नहुने धेरैको बुझाइ छ ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १५:३७ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...