back
CTIZAN AD

उपकार लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने

वि.सं.२०७९ वैशाख ८ बिहीवार

699 

shares

काठमाडौं । उपकार लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । लघुवित्तले निष्काशन गरेको आईपिओ बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिंगले भोलि शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गर्ने भएको हो ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपिओमा २३ लाख बढी आवेदकले आवेदन दिएका छन् । तर कम्पनीको शेयर भने गोलाप्रथाबाट २२ हजार १ सय १५ जनाले मात्र शेयर पाउने छन् । यी मध्ये ६ जनाले ११ कित्ता शेयर पाउने छन् ।

वि.सं.२०७९ वैशाख ८ बिहीवार १७:१९ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...