back
CTIZAN AD

आजदेखि एसईई परीक्षा सुरु

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

822 

shares

काठमाडौं । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।

बिहान ८ बजेदेखि देशभरीका विद्यालयमा एकसाथ एसईई परीक्षा सुरु भएको हो ।

आजबाट सुरु भएर बैशाख २० गतेसम्म सञ्चालन हुने उक्त परीक्षाको आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा रहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशैभरीका ११ हजार ६ सय पाँच विद्यालयबाट ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । तीमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।

बोर्डका अनुसार एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकिएको छ ।

स्मरण रहोस् अघिल्ला दुईवर्ष २०७६ र ७७ मा कोभिड–१९ का कारण विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो । यसवर्ष सामान्य स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमै उपस्थित भएर परीक्षा संचालन गरिएको हो ।

 

वि.सं.२०७९ वैशाख ९ शुक्रवार ०८:२९ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...