९ वैशाख, काठमाडौ । यस आईपिएलमा मुम्बई इन्डियन्स लगातार आफ्नो सातौँ खेलमा पराजित भएको छ । मुम्बई आफ्नो सातौँ खेलमा चेन्नाई सुपर किंग्ससँग ३ विकेटले पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईका लागि ब्याटिङ्गमा तिलक वर्माले सर्वाधिक ५१ रन बनाएका थिए भने चेन्नाईका लागि बलिङ्गमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट हात पारेका थिए ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नाईले २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । चेन्नाईका लागि ब्याटिङ्गमा अम्बाती रायडुले सर्वाधिक ४० रन बनाएका थिए । मुम्बईका लागि बलिङ्ग तर्फ डेनियल साम्सले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
जितसँगै चेन्नाईले ७ खेलबाट ४ अकं जोडेको छ भने मुम्बई इन्डियन्स अकं विहिन रहेको छ ।
वि.सं.२०७९ वैशाख ९ शुक्रवार १०:०६ मा प्रकाशित
























