back
CTIZAN AD

कस्ता उम्मेदवारलाई मतदान गर्ने ?

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

966 

shares

स्थानिय निर्वाचन सम्मुखमा आईरहदा कस्तो पार्टी र कस्ता उम्मेदवारलाई मतदान गर्ने गर्ने ? भन्ने अहम् सवाल मतदाता सामु छ। नेपालमा ३ खाले मतदाता छ्न। जसको बारे पटक पटक चर्चा गरिएको छ।

एउटा मतदाता : धनाड्य बर्ग छ।जता फाईदा हुन्छ उतै उसको पार्टी हुन्छ। ब्यक्तिगत स्वार्थ र फाइदा नै पार्टी तथा उमेदवार छनौट्को आधार हुन्छ त्यतै मतदान गर्छ्न, उनीहरु।

दोस्रो मतदाता : पार्टी कार्यकर्ता हो उ अन्धभक्त छ।पार्टीले जस्तो मानिस उठाए पनि मतदान गर्छ। यो मतदाताले अरुको पनि दिमाग भुट्ने काम गर्छ। नेपालको लोकतन्त्र र समृद्धि रोक्नमा यो बर्गको ठूलो हात छ। कार्यकर्ता भए पनि तलबी कर्मचारी जस्तै छ। सधै पार्टीप्रती अन्ध भक्त र बफादार हुन्छ ।

तेस्रो मतदाता : आयाराम र गयाराम हो। उसले पार्टी छनौट र उमेदवार छनौट बेहोसिपन पनमा गर्छ। ब्यक्ति र पार्टी छनौटको आधार खान पिन, रक्सी , केही सय नगद वा झुटा आश्वासनमा हुने गर्छ।अनि फेरि पछुताउछ। गाली गर्छ। बस्छ। यो निमुखा बर्ग हो। सचेतना पनि छैन। जो आय पनि उस्तै हो भन्ने उनिहरुको ठम्याइ छ। भएको पनि तेस्तै छ।अहिलेको परिवेश त्यसैको प्रतिबिम्ब हो।

केही सकिएन भने पनि चोर मध्येको इमानदार चोर छानौ। त्यसैमा सबैको कल्याण छ। अवसर आउदा गुमाउने अनि गाली गर्ने प्रबृति त्याग्नु जरुरी छ। समय यहि हो।

अब गर्ने के त ?
पटक पटक पार्टीहरुलाई मतदान भयो। आँखा चिम्लेर पार्टीले उठाएका उमेदवारलाई मतदान गरेको पनि ३२ बर्ष बित्यो। बिस्तारै पार्टी र यसको नेतृत्व भ्रष्ट भयो। चाकडिवाल र चम्चाहरुलाई पार्टीले अवसर दिन लाग्यो। लामो समय पार्टीमा लागेको, जनता झुक्याउन सक्ने, कमाउन सक्ने, कमाएर पार्टीलाई दिन सक्ने, ठूला नेतालाई गणेशले झै परिक्रमा गर्ने प्रवृत्ति बिकास भयो। इमान्दार र नैतिकवानलाई टिक्नै नसक्ने वातावरण सिर्जना भयो।यसले गर्दा पार्टी डनको र धनवालाको कब्जामा गयो। पार्टीले राम्रा उमेदवारहरु उठाउथे भने यो लेखाई अनावश्यक हुन्थ्यो। पत्रु हुन्थ्यो। तर दुर्भाग्य एमाले वा काङ्ग्रेस वा माओवादी केन्द्र वा तराईबादी वा विद्यमानका अरु कुनै दल ससबै एउटै रक्सी हुन । नाम र ब्रान्ड मात्र फरक। यो ३२ बर्ष यिनिहरुले फोकटमा बिताए। त्यसकारण अन्धभक्त भएर पार्टीलाई वा पार्टीले जस्ता उमेदवार उठाए पनि मतदान गर्ने सोच बदल्नु आवश्यक छ। पार्टीका वा स्वतन्त्र उमेदवार मध्ये जो ठिक छ्न। तिनिहरु मध्ये छानेर मतदान गर्दा पछुताउनु पर्दैन कि … !
कस्ता ब्यक्ति छनौट गर्ने त ?
– भएका मध्ये इमानदार ।
– स्थानिय बिकासको भिजनर सोच भएको।
– लेनदेनमा पारदर्शीता भएको।
– बिगतको छवि सफा भएको।
–  समाजमा उसको कृयाकलाप र भूमिका स्वच्छ भएको।
– भ्रष्टाचार प्रती नकारात्मक दृष्टिकोण भएको।
– समुह र समुदायसँग मिलेर काम गर्न सक्ने।
–  नियम, कानुनको ज्ञान भएको।
– स्थानिय स्रोत साधन परिचालन गर्न सक्ने।
– उत्पादन, उद्यम र रोजगारी सिर्जनाको ज्ञान भएको।
– कुरिती, अन्धबिश्वास र छुवाछूत प्रती बिश्वास नगर्ने।
– सबै बर्ग र समुदायसग मिलनसार।
– मृदु भाषी।
–  बिकासको प्राथमिकता छुट्याउन सक्ने।
–  समाज र समुदायको अध्यन गर्न सक्ने अध्यनशिल।
माथी उल्लेख गरेका हुबहु गुण नहुन पनि सक्ला। सकेसम्म हाम्रो भन्दा राम्रो उमेदवारलाई छनौट गर्न सकिएमा स्थानिय क्षेत्रको बिकास अगाडि बढ्छ। स्थानिय क्षेत्रमा स्रोत छ, साधन छ, त्यसलाई उपयोग गर्न सकिन्छ। यो काम गर्न क्षमतावान र इमान्दार प्रतिनिधिको खाँचो छ। खाँचो छ त  नियत सफा भएको उमेदवारको।

केही सकिएन भने पनि चोर मध्येको इमानदार चोर छानौ। त्यसैमा सबैको कल्याण छ। अवसर आउदा गुमाउने अनि गाली गर्ने प्रबृति त्याग्नु जरुरी छ। समय यहि हो।

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १०:३७ मा प्रकाशित

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

सामुदायिक विद्युतीकरणमा नीतिगत एवं व्यवस्थापकीय सुधारको पहल

काठमाडौँ । ऊर्जा क्षेत्रजस्तो दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा समन्वय, निरन्तरता...

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

विचलित नेपालको कम्युनिष्ट नेतृत्व

नेपालमा कम्युनिष्ट आन्दोलन वर्गसंघर्ष, समानता र जनताको मुक्तिको मार्गचित्रबाट सुरु...

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन र दिगोपनका चुनौतीहरु

सामाजिक परिवर्तन वा रूपान्तरणले समयसँगै सामाजिक संरचना, संस्था र सम्बन्धहरूको...

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...