back
CTIZAN AD

पूर्वमाओवादीहरु माओवादी केन्द्रमै फर्किने अभियान सुरु भएको छ–प्रचण्ड

वि.सं.२०७९ वैशाख ९ शुक्रवार

780 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छोडेर गएकाहरु मुलघरमै फर्किने अभियान सुरु भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दिनदिनै सयौं र हजारौंको संख्यामा मात्र नभएर संस्थागत रुपमै हिँजो अलग भएका पार्टीहरु फेरि माओवादी केन्द्रमा मुल घरमा जोडिने प्रक्रिया सुरु भएको बताएका हुन् ।
May be an image of 9 people, people sitting and people standing
अध्यक्ष प्रचण्डले त्यो क्रम पूर्वदेखि पश्चिमसम्म निकै बढेको बताउँदै हिँजो माओवादीबाट विभाजन भएर गएका माओवादीहरुबीच पनि विभाजनको औचित्य पुष्टि गर्न नसकेपछि पश्चाताप गरेर माओवादी केन्द्रमा फर्किनुपर्ने बहस चलेको बताए ।

अध्यक्ष प्रचण्डले कैलालीबाट माओवादी क्रान्तिकारीहरुलाई एकताको निम्ति अपिल गरेको बताउँदै इतिहासमा फेरि एकपटक अवसर आएकोले त्यो अवसर गुमाउन नहुने बताए । उनले भने–‘एक ढिक्का भएर निर्वाचन अभियानमा जानुछ । यो परिवर्तनको निम्ति त्याग र बलिदानको किर्तिमान कायम गर्नेहरुको सपना पूरा गर्नुछ ।’

अध्यक्ष प्रचण्डले यतिबेला निर्वाचनको संघारमा रहेको र निर्वाचन प्रतिगमन र अग्रगमन कस्ले जित्ने हो भन्ने कुराको फैसला हुने समय रहेको भन्दै परिवर्तनका मुद्दाहरुलाई स्थापीत गर्न सबै एकजुट भएर यो लडाई जित्नुपर्ने बताए ।

‘हामीले जित्दा राष्ट्रले जित्छ परिवर्तनका मुद्दाले जित्छ । सयौं वर्षदेखि उत्पीडन र शोषणमा परेका जनताको जित हुन्छ । हामीले हार्दा प्रतिगमनले जित्ने खतरा बढ्छ ।’ अध्यक्ष प्रचण्डले भने ।

 

वि.सं.२०७९ वैशाख ९ शुक्रवार १३:४१ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...