काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ उपकार लघुवित्तको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । एसबिआई मर्चेन्टले यस संगै उपकर लघुवित्तको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरण, शेयरवालाहरूको लगत अद्यावधिक तथा शेयर सम्बन्धी अन्य सम्पूर्ण कार्यहरू गर्ने छ ।
लघुवित्तले गत चैत्र २५ गतेदेखि ३० गतेसम्म आईपिओ बिक्रि खुला गरेको थियो । लघुवित्तले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको थियो भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भईसकेको छ । जसमा २२ हजार १ सय १५ जनाले गोलाप्रथाबाट १०/१० कित्ता शेयर प्राप्त गरेका छन् भने यि मध्ये भाग्यमानी ६ जनाले थप एक-एक कित्ता ११ कित्ता सेयर प्राप्त गरेका छन ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १२:१७ मा प्रकाशित



























