काठमाडौं । एनएमबी बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बैशाख २१ गतेदेखि १५ वर्ष अवधि तथा वार्षिक ४ प्रतिशत ब्याज भएको एनएमबी उर्जा ऋणपत्र निष्काशन गर्ने भएको हो ।
बैंकले प्रति कित्ता १ हजार अंकित दरले ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये २१ लाख कित्ता निजि तवरबाट र १४ लाख कित्ता सर्वसाधारणका लागि बिक्रि हुनेछ । यसैगरी सर्वसाधारणलाई छुट्याइएको १४ लाख कित्ता मध्ये ७० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।
उक्त ऋणपत्रका लागि बैशाख २५ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सो अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र १४ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्रका लागि मेरो शेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७९ वैशाख १२ सोमवार १४:५९ मा प्रकाशित




























