Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

६ महानगर : गठबन्धन र एमालेका यी उम्मेदवारबीच हुनेछ प्रतिस्पर्धा



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले ६ वटै महानगरमा उम्मेदवारको टुंगो लगाएका छन् । गठबन्धनका पाँच दलले साझा रुपमा उम्मेदवार छानेका छन् भने एमालेले दुई महानगरबाहेकमा एकलै उम्मेदवारी दिएको छ ।

विशेष महत्वका साथ हेरिएको काठमाडौं महानगरमा सत्ता गठबन्धनले सिर्जना सिंहलाई अघि सारेको छ भने एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । पाँच दलबीच साझा उम्मेदवार भएको कारण कांग्रेस नेतृ सिंह र चर्चित पृष्ठभूमिका स्थापितबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चर्चामा आइरहने स्थापितले दुई तिहाई बहुमतसहित जित्ने दाबी पनि गरिरहेका छन् ।

यता, उपत्यकाकै अर्को महानगर ललितपुरमा हालकै मेयर चिरिबाबु महर्जन सत्ता गठबन्धनको तर्फबाट मेयरका साझा उम्मेदवार बनेका छन् । चिरिबाबुसँग लड्न एमालेले हरिकृष्ण व्यञ्जकारलाई अगाडि सारेको छ । ०७४ को निर्वाचनमा चिरिबाबु झिनो मतान्तरले विजयी भएका थिए । तथापि पाँच वर्षे कार्यकालमा केही उदाहरणीय काम गरेको कारण उनको मत थप बलियो भएको अनुमान लगाउन सकिन्छ । तरपनि ललितपुरमा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिन्छ ।

पोखरामा सत्ता गठबन्धनले नेकपा (एस)का नेता धनराज आचार्यलाई मेयरको साझा उम्मेदवार बनाएको छ । तर, पोखराको कांग्रेसभित्र साझा उम्मेदवारलाई लिएर तिव्र विवाद छ ।

एमालेले पनि पोखरामा सोमबार मात्रै उम्मेदवार तय गरेको छ । एमालेले यसअघि छनोट गरेका दीपक पौडेल सुन चोरीको आरोपमा मुछिएपछि सोमबार प्रदेश सांसद कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पोखरामा साझा उम्मेदवार आचार्य र थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । तर, कांग्रेसभित्रको विवादको कारण आचार्यभन्दा थापा बलिया देखिएका छन् । कांग्रेसको एउटा समूहले आफुँले मेयरको उम्मेदवारी नपाएको भन्दै विरोध गरिरहेको छ ।

भरतपुर महानगरमा गठबन्धनले हालकी मेयर तथा माओवादी नेतृ रेणु दाहाललाई अगाडि सारेको छ । दाहाल मेयरको साझा उम्मेदवार बनिरहेका बेला एमालेले राप्रपासँग तालमेल गर्दै विजय सुवेदीलाई मेयरका रुपमा उठाएको छ । महानगरमा साझा उम्मेदवार बनाउने विषयमा कांग्रेसभित्र पोखरामा जस्तै तिव्र विवाद छ । तथापी, दाहालको लोकप्रियताले भरतपुरमा माओवादी केन्द्रको बलियो मत भएको मानिन्छ । चुनावमा भने पाँच दलको समर्थनमा उम्मेदवारी दिएकी दाहाल र राप्रपासमेतको समर्थन पाएका सुवेदीबीच कडा प्रतिस्पर्धा हुनसक्ने देखिन्छ ।

काठमाडौं र ललितपुर जस्तै विराटनगरमा पनि कांग्रेसले उम्मेदवारी पाएको छ । विराटनगरमा कांग्रेसका नागेश कोइराला पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बनेका छन् । कोइराला गठबन्धनका उम्मेदवार बनिरहेका बेला एमालेले सागर थापालाई मेयरको उम्मेदवार बनाएको छ । ०७४ मा कांग्रेसले जितेको ठाउँमा अन्य दलको समर्थन पाएको कारण कांग्रेसलाई थप सजिलो हुने अनुमान गरिएका छन् । तथापी विराटनगरमा पनि सत्ता गठबन्धनका साझा उम्मेदवार र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

यता, विरगञ्ज महानगरमा सत्ता गठबन्धनले जसपा नेता राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको छ । सिंह साझा उम्मेदवारको रुपमा खडा भइरहेका बेला एमालेले जसपा परित्याग गरेका तथा निवर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ । पृष्ठभूमि उस्तै उस्तै भएका कारण वीरगञ्जमा सिंह र सरावगीबीच कडा प्रतिस्पर्धा हुनसक्ने सम्भावना छ । तथापि वीरगञ्जमा यसअघिको मतलाई हेर्दा गठबन्धन केही बलियो देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय