back
CTIZAN AD

टिकट वितरणमा कुन मापदण्ड अपनाइयो त्यसको हिसाब किताब हुनेछ-शेखर कोइराला

वि.सं.२०७९ वैशाख १४ बुधवार

789 

shares

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीयतहको निर्वाचनमा टिकट वितरणमा आर्थिक अनियमितता भएको तथा इमान्दार नेता कार्यकर्तालाई पछि लगाइएको भन्दै त्यसको निर्वाचनपछि त्यसको हिसाब किताब गरिने बताएका छन् ।

टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिन्छ भनेर आफुहरुले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाए पनि आफ्हरुको कुरा ध्यानपूर्वक नसुििनएको गुनासो पनि कोइरालाले व्यक्त गरेका छन् ।

‘अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन ।’ नेता कोइरालाले भनेका छन् ।

नेता कोइरालाले कतिपय स्थानीयतहमा पार्टीभित्रैबाट धेरै नेता तथा कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएको भन्दै यस्ता गलत कार्यको तत्काल अन्त्य हुनुहपर्ने समेत बताएका छन् ।

‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन् ।’

पार्टीभित्र टिकट वितरणलाई लिएर व्यापक असन्तुष्टि बढेको, पार्टी छाडेर अन्य पार्टीमा गएको तथा स्वतन्त्र उम्मेदवारका रुपमा उठ्न बाध्य भएको भन्दै उनीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन कांग्रेस नेता तथा कार्यकर्तालाई समेत आग्रह गरेका छन् ।

‘कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु । निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छातिभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं। साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु।’ नेता कोइरालाले भनेका छन् ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १०:५५ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...