back
CTIZAN AD

एनएमबि बैंकको ईक्रा नेपालद्धारा रेटिङ्गमा स्तरन्नोति

वि.सं.२०७९ वैशाख १४ बुधवार

801 

shares

१४ वैशाख, काठमाडौँ । ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तर बृद्धि (Upgrade) गरि “[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको हुन्छ । ईक्रा नेपाल लिमिटेड भारत स्थित ICRA Limited (ICRA) of India को सहायक कम्पनीको रुपमा नेपालमा दर्ता भएको नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त नेपालको पहिलो रेटिङ्ग ऐजेन्सी हो ।

विगतका बर्षहरुमा विभिन्न संस्थाहरुसंग भएको मर्जर तथा प्राप्तीको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजालको कारण देशव्यापी रुपमा बैंकका ग्राहकहरुको संख्यामा उल्लेख्य बृद्धि तथा सो बाट बैंकको बजार हिस्सामा भएको बृद्धि, पूँजीगत पर्याप्तता तथा तरलताको सहज ब्यवस्थापनका कारण बैंकको कर्जा तथा तरलताको क्षेत्रमा देखिएको जोखिम व्यवस्थापन गर्न सक्ने क्षमता, कर्जामा भएको विविधता, साना तथा मझौला कर्जामा भएको बृद्धि, बैंकको सकारात्मक विगत, असल स्वामित्व तथा कुशल र अनुभवि व्यवस्थापन समेतका आधारमा ईक्रा नेपालले बैंकलाई यस अघि प्रदान रेटिङ्गमा स्तर बृद्धि गर्दै “[ICRANP-IR] A”  रेटिङ्ग प्रदान गरेको हो ।

कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहेको समयमा समेत बैंकको परिसूचकहरुमा देखिएको उल्लेखित सुधारहरुले गर्दा यो स्तर बृद्धि सम्भव भएको हो ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी‘ बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मापनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:५३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...