back
CTIZAN AD

शनिबार सूर्यग्रहण लाग्ने, कस्तो कुरामा कसले ध्यान दिनुपर्छ ?

वि.सं.२०७९ वैशाख १५ बिहीवार

705 

shares

काठमाडौं । माताऔंशीको दिन आगामी शनिबार सूर्यग्रहण लाग्ने भएको छ । यो सूर्यग्रहण राति १२:१५ मा सुरु हुनेछ, जुन बिहान ४:०७ मा समाप्त हुने जनाइएको छ । ज्योतिषहरु सूर्यग्रहणमा विशेष सावधानी अपनाउनु पर्ने बताउँछन् । यहाँ सुर्यग्रहणको प्रभाव र अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको छ ।

सूर्यग्रहणको प्रभाव कस्तो हुन्छ ?

ज्योतिषशास्त्रका अनुसार सूर्यग्रहणको प्रभाव हरेक व्यक्तिमा पर्छ । यसको प्रभाव राम्रो र नराम्रो दुवै हुन सक्छ। ग्रहणको समयमा सूर्यबाट निस्कने हानिकारक किरणले मानिसको जीवनमा असर गर्छ । यी किरणको प्रभाव गर्भवती महिला र बालबालिकामा विशेष पर्ने ज्योतिषशास्त्रमा उल्लेख छ ।

सुर्य ग्रहणको समयमा गर्भवती महिलाले विशेष ख्याल गर्नुपर्छ । ग्रहणको समयमा बाहिर निस्कनु हुँदैन भन्ने मान्यता छ । यस समयको हानिकारक किरणले स्वास्थ्यमा नराम्रो असर गर्ने विश्वास गरिन्छ ।

गर्भवती महिलाले सूर्यग्रहणको समयमा कुनै पनि धारिलो वस्तुको प्रयोग गर्नु हुँदैन। यसो गर्दा बच्चामा विकृति आउन सक्ने विश्वास गरिन्छ । यस अवधिमा सिलाई-कढाई जस्ता काम गर्नु हुँदैन।

सूर्यग्रहणको समयमा अपनाउनुहोस् यी उपाय

सूर्यग्रहणको असरबाट बच्न गर्भवती महिलाले जिब्रोमा तुलसीको पात राखेर हनुमानजीको पूजा गर्नुपर्छ । सूर्यग्रहण सकिएपछि गर्भवती महिलाले नुहाउनु पर्छ अन्यथा उनको बच्चालाई छालासम्बन्धी रोग लाग्न सक्छ। यस समयमा गर्भवती महिलाले आफ्नो देवताको पूजा गर्नुपर्छ।

यस्ता राशीका व्यक्तिले सावधानी अपनाउनुपर्ने

कर्कट– कर्कट राशिको शासक ग्रह चन्द्रमा हो। सूर्यग्रहणको समयमा चन्द्रमा राहुसँगै मेष राशिमा रहनेछ । यो अवस्थाले कर्कट राशिका मानिसहरूलाई मानसिक तनाव उत्पन्न गर्न सक्छ। अज्ञात भय र नकारात्मकता हावी हुनेछ। यस अवधिमा खर्च बढ्नेछ। त्यसकारण कर्कट राशिका व्यक्ति धेरै धैर्य हुन आवश्यक छ ।

वृश्चिक– वृश्चिक राशिका व्यक्तिहरूले मान–सम्मानमा हानि भोग्नु पर्नेछ। यस अवधिमा बोलीमा संयम राख्नुपर्छ । विवादबाट टाढा रहनु लाभदायक हुनेछ। शत्रु पक्षबाट हानि हुनसक्छ । खर्च बढ्नेछ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १४:२७ मा प्रकाशित

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

धार्मिक पर्यटकको आकर्षण बन्दै सिसमहल

बागमती । मकवानपुरको हेटौँडा नगरपालिका वडा नं ५ चिसापानी रङ्गपथस्थित...

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काठमाडौँ । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...