back
CTIZAN AD

पौडेललाई उम्मेदवारी फिर्ता लिन खाणको आग्रह

वि.सं.२०७९ वैशाख १५ बिहीवार

738 

shares

चितवन । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेटेका छन् । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका छन् ।

पौडलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने,“पार्टीले विशष परिस्थितिमा गठबन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले विशेष आग्रह गरेका छौँ ।” निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उनले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिवद्ध रहेको बताए ।

उनले भने “अहिले असहज परिस्थिति छ । यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।” पौडेललाई भेट्नु अघि प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि गृहमन्त्री खाणले भेटवार्ता गरेका थिए । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराएको बतााए ।

उनले भने, “गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उनीहरुका भविष्यसँग जोडिएको विषय छ । यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।” छलफलका क्रममा गृहमन्त्री खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी भएका थिए ।

 

वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:०४ मा प्रकाशित

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवद्र्धन गरिँदै

बागमती । हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका–१८ स्थित गोरक्षतालको...

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...