काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले आज पत्रकार सम्मेलन गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
अहिले आर्थिक वर्ष तीन महिना बाँकी रहेको छ । अबको तीन महिनामा ठुलो असर नआउने र कोभिड-१९को असर समेत कम भएको आधारमा आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको छ ।
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योगको वृद्धिदर १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको प्रक्षेपण छ ।
विभागले आठ महिनासम्मको तथ्यांकका आधारका ५.८ प्रतिशत आर्थिक वृद्धिदर अनुमान गरेको हो । बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड-१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले बताएको छ ।
विभागका अनुसार चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड र चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको छ ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:१७ मा प्रकाशित






























