back
CTIZAN AD

युरोपमा बसेर मानव तस्कर गर्ने नेपालीको विवरण प्रहरीलाई दिने एनआरएनए टर्किको चेतावनी

वि.सं.२०७९ वैशाख १५ बिहीवार

687 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युरोपका विभिन्न देशमा बसेर मानव तस्कर गर्ने नेपालीको विवरण प्रमाणसहित प्रहरीलाई उपलब्ध गराउने चेतावनी दिएको छ ।

विगत केही महिना यतामात्र गैरकानुनी तवरले नेपालीहरु युरोप जाने÷पठाउने क्रममा धेरै नेपाली नागरिकको ठूलो मात्रामा धनजनको क्षति व्यहोर्नु परेको तथा कतिपयले ज्यानै गुमाउनु परेको घटनाहरु बाहिरीरहेको बेला समेत केही नेपालीहरु मानव तस्करमा संलग्न रहेको भन्दै त्यस्ता नेपालीविरुद्ध प्रमाण जुटाएर उजुरी दिने चेतावनी दिएको हो ।

संघले केही नेपालीको मृत्यु भएका, केही वेपत्ता भएको तथा केही अपरहणमा परेको घटना सेलाउन नपाउँदै फेरि केही नेपालीहरु अपहरणमा परि टर्किस प्रहरीद्धारा उद्धार गरिएको नयाँ समाचार आएको भन्दै यस्तो चेतावनी दिएको हो ।

‘यी यस्ता बारम्बारका घटनाहरुले गैरआवासीय नेपाली संघ टर्कीको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै, यस्तो अवैद्य मानवतस्करी जस्तो कार्यहरुमा संलग्न नेपालीहरुका विरुद्ध केही उजुरी प्रमाण र निजहरुको परिचयपत्रसहित आएका हुँदा गैरआवायीय नेपाली संघ टर्किले आफ्नो अधिकार र कार्यक्षेत्र भित्र रहेर वास्तविकता र तथ्यहरु अनुसन्धान गरि निज मानव तस्करीमा संलग्न व्यक्तिहरुको विवरण परिचय पत्र र प्रमाणपत्रहरु सहित अपराध अनुसन्धान महाशाखामा पत्राचार समेत गर्नसक्ने व्यहोरो जानकारी गराउँदछौं ।’ एनआरएनए टर्किका महासचिव विनोद पौडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:२३ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...