back
CTIZAN AD

बाँकेका यी दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवार

वि.सं.२०७९ वैशाख १५ बिहीवार

783 

shares

नेपालगञ्ज । बाँकेका दुई गाउँपालिकाको अध्यक्षमा महिला उम्मेदवारको मनोनयन दर्ता भएको छ । आठ स्थानीय तह रहेको जिल्लाको नरेनापुर गाउँपाकिा र डडुवा गाउँपालिकामा नेकपा (एमाले)को तर्फबाट अध्यक्षमा उम्मेदवारी परेको हो ।

जिल्लामा गठवन्धन दलको तर्फबाट अधिकांश ठाउँमा महिला उम्मेदवार छैनन् । नरेनापुर गाउँपालिकाको अध्यक्षमा पदमावती यादव र डुडुवा गाउँपालिकाको अध्यक्ष पदमा सरोज कुमारी यादवले सो पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् । पदमावती यसअघि साविक नरेनापुर गाविसको अध्यक्ष समेत थिइन ।

नेपालको संविधानले समावेशी सिद्धान्तलाई अङ्गिकार गरेपनि यस पटकको निर्वाचनमा महिला उम्मेदवारको सहभागिता जिल्लामा न्यून देखिएको छ । महिला तथा दलित कोटाको सदस्य पदका लागि पनि उल्लेख्य उम्मेदवारी नपरेपनि प्रमुख राजनीतिक दलको तर्फबाट उम्मेदवारी परेको जिल्लास्थित निर्वाचन अधिकृतका विभिन्न कार्यालयले जनाएका छन् ।

एमालेको तर्फबाट खजुरा गाउँपालिकाको उपाध्यक्षमा सजरुला निशा, जानकी गाउँपालिको उपाध्क्षमा भूमिशरा धिताल, राप्ती सोनारीको उपाध्यक्षमा चमेली वागबान, कोहलपुर नगरपालिकाको उप्रमुखमा अस्मिता थारु, बैजनाथ गाउँपालिकामा उपाध्यक्ष प्रेमपूर्ण योगी र नेपालगञ्ज उपमहानगरपालिकामा शान्ति ढकालले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाको खजुरा गाउँपालिकामा उपाध्यक्ष पदमा महिला छ, वडाध्यक्ष एक, खुल्ला महिला सदस्यमा छ को उम्मेदवारी दर्ता भएको छ । त्यस्तै महिला सदस्यमा ३५ र दलिततर्फ ३४ को उम्मेदवारी परेको निर्वाचन अधिकृत कार्यालय, खजुराका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।
बैजनाथ गाउँपालिकामा महिला सदस्य ३२ र दलिततर्फ ३० जनाको उम्मेदवारी परेको छ । नरेनापुरमा महिला ३६ र दलिततर्फ ३१ को मनोनयन भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कोहलपुरमा नगरपालिकामा ६९ दलिततर्फ र १७६ महिला सदस्यतर्फ उम्मेदवारी परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकमा १३४ दलिततर्फ र १४९ महिला सदस्यतर्फ उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपालगञ्जले जनाएको छ । अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित नगरसभाले नै गर्ने प्रावधान रहेको नेपालगञ्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १५:२८ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...