back
CTIZAN AD

खाणको प्रयास असफल, भरतपुरका बागी उम्मेदवारले मानेनन् उम्मेदवारी फिर्ता लिन

वि.सं.२०७९ वैशाख १५ बिहीवार

819 

shares

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट भरतपुरमा मेयरको उम्मेदवार बनेकी रेणु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले बिहीबार उनलाई उनकै निवास पुगेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले फिर्ता नलिने अडान दोहोर्‍याएका हुन् ।

गृहमन्त्री खाणसँगको भेटमा पौडेलले चितवन कांग्रेसको भावनाअनुसार उम्मेदवारी दिएको भन्दै फिर्ता लिन नसक्ने स्पष्ट पारेका थिए । उनले उम्मेदवारी आफ्नो मात्रै नभएको कुरा खाणलाई बताएका थिए ।

“चितवन जिल्लाका साथीहरूको मान मर्यादा, प्रतिष्ठा र उहाँहरूको भविष्यका लागि उम्मेदवार बनेको हुँ, फिर्ता लिने विषय मैले मात्र निर्णय गर्न मिल्ने विषय हैन”, उनले खाणसँगको भेटबारे सञ्चारकर्मीको जिज्ञासामा भनेका छन् ।

पौडेलले खाणलाई आफुले पार्टी अनुशासन नतोडेको बताउँदै कारबाही गर्न पनि चुनौति दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको आग्रहमा खाण बिहीबार भरतपुर पुगेका थिए । देउवाले आज मै उम्मेदवारी फिर्ता लिन सबै बागी उम्मेदवारलाई निर्देशनात्मक आग्रह पनि गरेका थिए ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:५३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...