काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २५ गतेदेखि हकप्रद बिक्रि खुला गरेको हो ।
कम्पनीले ३९.३६ प्रतिशत अर्थात् १ कित्ता बराबर शुन्य दशमलब ३९३६ का दरले १ अर्ब ८ करोड ६० लाख बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि चैत्र १४ गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र १३ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आज बैशाख १५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले अपर चमेलिया आयोजनाको लागि रकम जुटाउन हकप्रद सेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले फागुन २६ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको लागि अनुमति पाएको हो ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १३:४१ मा प्रकाशित





























