back
CTIZAN AD

दहचोकमा नबिल बैंकको शाखा विस्तार

वि.सं.२०७९ वैशाख १५ बिहीवार

741 

shares

काठमाडौं । नबिल बैंकले चन्द्रागिरि नगरपालिका-१ स्थित दहचोकमा आफ्नो शाखा विस्तार गरेको छ । चन्द्रागिरी नगरपालिकाका कार्यकारी अधिकृत निरज पौडेल र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले संयुक्त रुपमा आज आयोजित कार्यक्रममा शाखाको शुभारम्भ गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले स्थानीय समुदायका घर दैलोमा नै बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन शाखा विस्तार गरिएको जानकारी दिए । उनले भने, “विभिन्न बैंक मर्ज गरेर बैंकको सेवालाई अझै विस्तार गर्ने अभियान जारी छ । ‘क्यासलेस’ अवधारणाअनुसार घरमै बसेर नागरिकले सेवा पाउने वातावरण निर्माणमा बैंक लागेको छ । सेवाग्राहीको पहिलो रोजाइको बैंक बनाउने अभियानमा लागेका छौँ । ”

गत वर्ष युनाइटेड फाइनन्सलाई समाहित गरेको बैंकले एनबी बैंक मर्ज गरी थप सेवा दिने तयारी गरेको जनाइएको छ । चन्द्रागिरिका प्रमुख प्रशासकीय अधिकृत पौडेलले ३६ हजार घरधुरी र एक लाख ३५ हजार जनसङ्ख्या रहेको नगरमा वित्तीय क्षेत्रको माग बढ्दो क्रममा रहेको बताए । उनले भने, “ बैँकले गुणस्तरीय वित्तीय सेवा प्रवाह गरेमा सेवाग्राहीको मन जित्न सक्छ । यसका लागि व्यवस्थापन पक्षले ध्यान दिनुपर्छ । ”

बैंकका नायब महाप्रबन्धक कृष्णदत्त भट्टराईले मुलुकमा आधुनिक बैंकिङ सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता महसुस गरेर स्थापना भएको नबिल बैंक जनताको विश्वासिलो बैंकका रूपमा रहेको दाबि गरे । उनले भने, “ बैंकले विदेशमा भएको तर नेपालमा सेवा नभित्रिसकेको अवस्थामा क्रेडिट कार्डका व्यवस्थालगायत आधुनिक वित्तीय सेवा भित्र्याउन सफल भएको छ । ”

बैंकका दहचोक शाखा प्रमुख आश्विन श्रेष्ठले बैंकले सरल र सहज रुपमा सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने जानकारी दिए । यसैगरी कलङ्की शाखा प्रमुख राजदीप उप्रेतीले सबै वित्तीय सुविधा प्रदान गर्ने गरी बैंकको दहचोक शाखा विस्तार गरिएको बताए । कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीको उपस्थिति रहेको थियो ।

यो सँगै बैंकको शाखा १४८ तथा एटिएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पुर्याउने लक्ष्य राखेको जनाएको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १६:१६ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...