Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

स्थानीय तहको निर्वाचन : टिकटमा शीर्ष नेताकै परिवारको राइँदाइँ



काठमाडौं । दलका नेताहरुमाथि सधैँ नातावाद र कृपावादको आरोप लाग्ने गर्दछ । जुन देखिने गरि हुने गरेका पनि छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा पनि त्यस्ता उदाहरण थुप्रै देखिएका छन् । यस पटक नेताहरु सकभर आफ्नै परिवारका सदस्य, नभए आफन्तलाई टिकट दिलाउन मरिहत्ते गरेको देखिएको छ ।

जसले नेता तथा कार्यकर्तामा निकै निराशा ल्याएको पनि देखिन्छ । कतिपय असन्तुष्ट नेताहरुले पार्टीबाटै राजीनामा पनि गरेका छन् ।
चुनावलमा तालमेल गरेको सत्ता गठबन्धनभित्र यस्तो विकृति अझै बढी देखिएको छ । गठबन्धनका शीर्ष नेताहरूले नै श्रीमति, छोरा–छोरी र दाजु–भाईलाई उम्मेदवारीको टिकट दिलाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’देखि जसपा अध्यक्ष उपेन्द्र यादवसम्मले छोराछोरीलाई टिकट दिलाएका छन् ।

भरपुरमा निर्विकल्प बनिन् प्रचण्ड पुत्री रेणु

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथि सधैँ नै परिवारवादको आरोप लाग्ने गरेको छ । प्रचण्डले पार्टीभित्र अवसर दिने कुरादेखि लाभका पदमा निकटलाई खोज्ने गरेको पनि देखिन्छ । अहिले भरतपुर महानगरको मेयरको उम्मेदवार बनाउने विषयमा पनि प्रचण्डले आफ्नै छोरी रेणु दाहाललाई निर्विकल्प जस्तो गरि प्रस्तुत गरेका थिए ।

महानगर र उपमहागर केन्द्रीत चुनावी तालमेल पनि छोरीलाई जिताउने उद्देश्यअनुसार गरिएको आरोप उनीमाथि छ । ०७४ मा भएको निर्वाचनबाट मेयर भइसकेकी रेणुलाई पुनः दोहोर्याउन नहुने कुरा माओवादीभित्र चलेको थियो ।

अप्रत्यासित काठमाडौंको मेयरमा प्रकाशमान पत्नीको उम्मेदवारी

सत्ता गठबन्धनभित्र काठमाडौंको मेयरको उम्मेदवार छनोटप्रति निकै असन्तुष्टी देखिन्छ । राजनीतिक हिसाबले समेत क्रियाशिल नभएकी र गृहिणी महिलालाई मेयर जस्तो जिम्मेवार नेतृत्वमा अघि सारिएको भन्दै नेताहरु असन्तुष्ट देखिएका छन् । नेताहरुको चिन्ता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहको लोकप्रियतामाथि पनि छ । अहिले गठबन्धनभित्र सिर्जनाकै कारण चुनाव हारिने चिन्ता बढी देखिन्छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सहयोग गरे वापत पत्नीलाई टिकट दिलाएको आरोप सिंहमाथि लागिरहेको छ । यसअघिकी उपमेयर हरिप्रभाव खड्गीसहित दर्जनौं क्रियाशिल नेतृहरुले दाबी गरेकै बखत कांग्रेसले प्रकाशमानकै पत्नीलाई अप्रत्यासित रुपमा अघि सारेको विषयले पनि परिवारवाद हाबी भएको आकंलन गर्न सकिन्छ ।

उपेन्द्रले पनि अघि सारे छोरालाई

जसपाभित्र अध्यक्ष उपेन्द्र यादवलाई पनि परिवारवादको ट्याग लाग्ने गरेको छ । यादवले पार्टीभित्र अवसर दिने र लाभका पदमा पनि परिवार र आफन्तलाई खोज्ने गरेको आरोप लागिरहेको छ । यादवले ०७६ मा भएको जसपाको विराटनगर कमिटीको अधिवेशनमा आफ्ना छोरा अमरेन्द्र यादवलाई अध्यक्ष बनाएका थिए । अहिले अमरेन्द्र यादवलाई गठबन्धनको तर्फबाट यादवले विराटनगरको उपमेयरमा अघि सारेका छन् ।

आकांक्षी दर्जनौं देखिएकै बेला यादवले आफ्ना छोरालाई अघि सारेका छन् । जसको कारण विराटनगर जसपाभित्र विद्रोह नै भएको छ । जसपाको तर्फबाट मेयरकै दाबेदार उमेश यादवले पार्टी छाडेका छन् । उनले पार्टी छाड्दा यादवको परिवारवादले जसपा सकिन लागेको आरोप लगाएका थिए ।

चौताराको मेयरको उम्मेदवार सभामुखका भाइ

माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरको उम्मेदवार कृष्णप्रसाद सापकोटालाई बनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाका भाइ कृष्णलाई केन्द्रले उम्मेदवारीको टिकट दिएको थियो । तर, सभामुख सापकोटाका भाइले टिकट पाउँदा सिन्धुपाल्चोकको माओवादी पार्टीभित्र भने निकै ठूलो असन्तुष्टी देखिएको छ । सापकोटाले मेयर उम्मेदवारको टिकट पाउँदा सिन्धुपाल्चोकमा झडप नै भएको थियो । स्थानीय नेताहरु सभामुखको भाइ भएकै कारण कृष्णप्रसादले टिकट पाएको आरोप लगाउँछन् ।

गृहिणी मुख्यमन्त्री राउत पत्नी पनि उम्मेदवार

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनेकी छिन् । राजनीतिमा सक्रिय नभएकी खातुनलाई धेरै दाबदारको बीच जसपाले उपाध्यषमा अघि सारेको छ । खातुनलाई अघि सारेसँगै जसपाभित्र जगरनाथपुरमा विद्रोह नै भएको छ । जसपाका स्थानीय नेताहरु मुख्यमन्त्री पत्नी भएकै कारण खातुनले टिकट पाएको आरोप लगाउँछन् । राजनीतिमा पनि सक्रिय नभएकी खातुनलाई उम्मेदवार बनाइनु पार्टीकै निम्ति घाटा हुने स्थानीय नेताहरुको बुझाइ छ ।

राजेन्द्र लिङ्देनका भाइ पुनः उम्मेदवार

यता वैकल्पिक शक्तिको रुपमा उदाएको भनिएको राप्रपाको नेतृत्वप्रति पनि नातावाद र कृपावादको आरोप लागेको छ । स्थानीय तहको निर्वाचनमा झापाको हल्दीबारी गाउँपालिकाबाट पुनः अध्यक्षमा लिङ्देनकै भाइ रवीन्द्रप्रसाद लिङ्देन उम्मेदवार बनेपछि यस्तो आरोप लागेको हो । रवीन्द्रप्रसाद ०७४ मा भएको निर्वाचनबाट पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । तर, अहिले आधा दर्जन दाबेदारको बीचमा पुनः रवीन्द्रप्रसाद दोहोरिएका हुन् । लिङ्देनले भने कामको मूल्यांकनकै आधारमा पार्टीले उम्मेद्वार बनाएको बताएका छन् ।

लेखराजको भाइ पनि मेयरको उम्मेदवार

नेकपा (एमाले) सचिव तथा सुदूरपश्चिम प्रदेश कमिटीका इञ्चार्ज लेखराज भट्टका भाइ गोकर्ण भट्ट पनि मेयरको उम्मेदवार बनेका छन् । एमालेले गोकर्ण भट्टलाई कैलालीको गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार बनाएको हो । माओवादीबाट एमाले भएका भट्टले थुप्रै आकांक्षीहरुको बीचमा नगरपालिकाको टिकट पाएका थिए । गाकर्ण भट्टले टिकट पाएकोप्रति एमालेको एउटा पंक्ति असन्तुष्ट छ । दाईको बलमा भाईले टिकट पाएको असन्तुष्ट पक्षको भनाई छ ।

स्थानीय तहको निर्वाचनमा माथि उल्लेखित नाम बाहेक अन्य थुप्रै नेताका नातेदार तथा आफन्त पनि विभिन्न ठाउँमा उम्मेदवार बनेका छन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणका भाइ रामकृष्ण खाण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका छन् भने कांग्रेसकै बागमती प्रदेश सभापति इन्द्र बानियाँका नातेदार राजेश बानियाँ हेटौंडाको उपमेयर बनेका छन् । जसपा नेता एवं सांसद इस्तियाक राईले पनि भाइ कमरुद्धिन राई पनि गठबन्धनको तर्फबाट नेपालगञ्जको उपमेयर बनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय