back
CTIZAN AD

आन्तरिक उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरुको चेतावनी

वि.सं.२०७९ वैशाख १५ बिहीवार

906 

shares

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले भोलि रातिदेखि हवाई उडान बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ घण्टा विमानस्थल सञ्चालन गर्न भन्दै नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि आन्तरिक उडानका वायुसेवा कम्पनीहरुले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए उडान बन्द गर्ने चेतावनी दिएका हुन् ।

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो । तर, त्यस्तो तालिकाअनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको भन्दै कम्पनीहरु तत्काल उडान गर्न अस्वीकार गरेका हुन् ।

वायु सेवा सञ्चालक संघ प्रवक्ता योगराज कंडेल शर्मा वायु सेवा कम्पनीहरुले तत्कालका लागि राति आठ बजेपछि नियमिततर्फका उडान गर्न सक्ने अवस्था नरहेको बताए । प्राधिकरणले दिएको स्लट र तालिका तत्कालै कार्यान्वयन गर्न नसकिने र यसको लागि केही समय माग गरिए पनि प्राधिकरणले एकतर्फी निर्णय गरेको उनको भनाइ छ ।

प्राधिकरणले भने भोलिदेखि नै रात्रिकालीन उडान हुने विमानस्थलमा दैनिक १८ घन्टा उडान गर्ने निर्णय गरिसकेको छ ।

वि.सं.२०७९ वैशाख १५ बिहीवार १७:५७ मा प्रकाशित

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा एकसट्ठी जना पक्राउ

गण्डकी । कास्की प्रहरीले बिहीबार सञ्चालन गरेको दोस्रो दिनको स्वीप...

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ बहुप्राविधिक शिक्षालय, जहाँ पढ्छन् सातै प्रदेशका विद्यार्थी

किस्पाङ । प्राकृतिकरुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना...

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट (बागलुङ) । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा...