back
CTIZAN AD

पालुङटारको मेयर पदबाट उम्मेदवारी फिर्ता लिएको कंडेलको घोषणा, जसपालाई समर्थन गर्ने

वि.सं.२०७९ वैशाख १८ आइतवार

822 

shares

काठमाडौं । नेपाली कांग्रेस गोरखाका नेता दिपकबाबु कंडेलले पालुङटारको मेयर पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

कंडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको उपमेयर पदमा जसपालाई समर्थन गर्ने जनाएका छन् ।

‘नेपाली कांग्रेस पार्टीलाई पालुङटार नगरपालिकाको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भएतापनि पछिल्लो समय नेपाली कांग्रेस केन्द्रले गरेको निर्णयलाई स्वीकार गरी सम्पूर्ण नगरबासी दाजुभाइ दिदीबहिनीहरु समक्ष पार्टीको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’ कँडेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

गठबन्धनबीच तालमेल गरेर जाने सहमति भएपनि गोरखामा तालमेल नमिलेपछि गठबन्धनभित्रका तीन दल कांग्रेस, माओवादी केन्द्र र जसपाले आ–आफ्नो दलबाट उम्मेदवारी दिँदै मित्रवत् प्रतिश्पर्धामा होमिएका थिए । तर जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको जोडबल र कांग्रेस सभापति शेर बहादुर देउवाले कँडेललाई मेयर पदबाट आफ्नो उम्मेदवार फिर्ता लिन आग्रह गरेपछि यो सम्भव भएको बताइएको छ ।

सभापति देउवाले कँडेलेको नाम उम्मेदवारबाट हटाउन भन्दै शुक्रबार निर्वाचन आयोगमा पत्र समेत पठाएका थिए । यद्यपी उक्त पत्र आयोगमा ५ बजेपछि पुगेको बताइएको छ ।

कँडेलले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि पालुङटारमा अब जसपाका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका प्रेम गुरुङलाई कांग्रेसले समर्थन गर्ने र जसपाले कांग्रेसबाट उपमेयर पदमा उम्मेदवारी दिएकी तेज कुमारी श्रेष्ठलाई समर्थन गर्ने सहमति भएको बताइएको छ ।

कँडेलले सभापति देउवाले उम्मेदवारी फिर्ता लिन गरेको आग्रहलाई अस्वीकार गर्दै आफु आमरण अनशनमा बस्ने बताएका थिए भने यता कांग्रेसले पार्टीको निर्देशन नमान्ने नेता तथा कार्यकर्ताले यदि उम्मेदवारी फिर्ता नलिएमा पार्टीबाट स्वतः निष्काशित हुने चेतावनी समेत दिएको थियो ।

 

वि.सं.२०७९ वैशाख १८ आइतवार १७:४९ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...