back
CTIZAN AD

पार्टी कार्यालय बाहेकका ठाउँमा झण्डा र चुनाव चिह्न राखेमा उम्मेदवारबाटै हटाइने आयोगको चेतावनी

वि.सं.२०७९ वैशाख १९ सोमवार

771 

shares

काठमाडौं । स्थानीयतहका विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुले पार्टी कार्यालय बाहेक अन्य स्थानमा पार्टीको झण्डा वा चुनाव चिन्ह राखेको पाइएमा उम्मेदवारबाटै हटाइने चेतावनी दिएको छ ।

दल वा उम्मेदवारहरुको चुनाव चिन्ह् वा दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसीमको भित्तेलेखन गर्न वा गराउन नहुने व्यवस्था विपरित कतिपय स्थानमा कानुनले बर्जित गरेका काम भइरहेको भन्दै आयोगले यस्तो चेतावनी दिएको हो ।

राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिेले आचारसंहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल, डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाई राख्न समेत आयोगले आग्रह गरेको छ ।

‘त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ सोहि स्थानीयतहको उम्मेदवारले राखेको ठहर गरी सोहि दल वा उम्मेदवारबाटै हटाउन आदेश दिई आदेशको बर्खिलाप गर्ने र राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एकलाख रुपैयाँसम्म जरिवाना गराउनेछ,’ आयोगद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंङघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तबरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्ता उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको सरोकारवालालाई स्मरण गराइ कारबाहीको लागि सम्बन्धीत जिल्लाको निर्वाचन कार्यालयलाई पठाइनेछ ।’

 

 

वि.सं.२०७९ वैशाख १९ सोमवार १६:२३ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...