२१ वैशाख, काठमाडौँ । गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गर्दै पंजाब किंग्स आईपिएलको अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो । गुजरातका लागि ब्याटिङ्गमा साई सुदर्शनले सर्वाधिक ६५ रन बनाएका थिए भने पंजाबका लागि बलिङ्गमा कागिसो रबडाले सर्वाधिक ४ विकेट हात पारेका थिए ।
गुजरातले दिएको १४९ रनको लक्ष्य पंजाबले १६ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पंजाबका लागि शिखर धवनले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । त्यसैगरी भानुका राजपाक्षेले ४०, लियाम लिभिङस्टोनले ३० र जोनी बेयरस्टोले १ रनको योगदान दिएका थिए । बलिङ्ग तर्फ पंजाबका लागि मोहम्मद शमी र लोकी फर्ग्युसनले समान १/१ विकेट हात पारेका थिए ।
पंजाबसँग पराजित भएको गुजरात टाइटन्स भने १६ अकं जोड्र्दै आईपिएलको अकं तालिको शिर्ष स्थानमै रहेको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १०:३१ मा प्रकाशित
























