कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिए ।
वि.सं.२०७९ वैशाख २१ बुधवार ११:२० मा प्रकाशित






























