२१ वैशाख, काठमाडौँ । नेपाल र जिम्बाबे ‘ए’ बिचको ३ खेलको टि-२० श्रृखला अन्तर्गतको तेस्रो तथा अन्तिम टि-२० खेलमा नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने भएको छ ।
यस ३ खेलको टि-२० श्रृखलामा नेपाल १-० ले पछि रहेको छ । पहिलो खेलमा नेपाल जिम्बाबे ए विरुद्ध पराजित भएको थियो भने यी दुई टिम बिचको दोस्रो खेल बर्षको कारणले स्थगित भएको थिए । यस श्रृखलालाई १-१ को बराबरीमा समाप्त गर्नको लागि नेपाललाई जित्नै पर्ने दबाव रहेको छ ।
यी दुई टिम बिचको खेल काठमाडौँको त्रिवि मैदानमा नेपाली समय अनुसार १ बजेबाट सुरु हुनेछ ।
नेपालको प्लेइङ्ग ११ :
सन्दिप लामिछाने, आशिफ शेख, रोहित कुमार पौडेल, आदिल अन्सरी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, अविनाश बोहोरा, बसिर अहमद, भिम सार्की ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १२:४८ मा प्रकाशित























