back
CTIZAN AD

आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्षमा वीरमान घर्तीमगर

वि.सं.२०७९ वैशाख २१ बुधवार

768 

shares

इन्दिरा चाम्लिङ, ब्रसेल्स (बेल्जियम) । आदिवासी जनजाती महासंघको अध्यक्षमा वीरमान घर्तीमगर चयन भएका छन् ।

विश्व आदिवासी दिवसको अवसरमा लुभेनमा आयोजित कार्यक्रममा वीरमानको अध्यक्षतामा आदिवासी जनजाती महासंघ बेल्जियमले नयाँ कार्यसमितिको चयन भएको हो ।

नन्द राज घलेको संयोजकत्वमा अनिता लामा र नेत्र बहादुर मगर सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले आगामी ३ वर्षे कार्यकालका लागि २१ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत गरेको हो ।

मगरको अध्यक्षतामा गठन भएको उक्त कार्यसमितिको उपाध्यक्षमा मुना राई, होम तमु र सूर्यनारायण श्रेष्ठ, महासचिवमा पेम्बा गेलु शेर्पा, सचिवमा रबिन राई र यम कुमारी तमुस्यो (उमा), कोषाध्यक्षमा कविता सावदेन (लिम्बू) र सह–कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।

त्यसैगरी सूर्य बहादुर तमु, नीता पुन, ललित पुन, झोरमान तामाङ्ग, सुश्री कला लिम्बू, शेरबहादुर छन्त्याल र लाल तामाङ सदस्यमा चयन भएका छन् । साथै बाँकी पाँच सदस्य भने नयाँ कार्यसमितिले चयन गर्ने बताइएको छ ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका सदस्य अनिता लामाले सपथ गराइएकी थिइन् भने निवर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष डिल्ली सुब्बाले सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।

 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मगरले महासंघलाई बेल्जियमको नेपाली समुदायबीच एउटा सशक्त नेपाली समाजको रुपमा स्थापित गराउने र आदिवासीको मुल मुद्दालाई सँधै बोकिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

महासंघका संस्थापक अध्यक्ष पीजी शेर्पाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई मुना राईले स्वागत गरेकी थिइन् भने आदिवासी जनजाती महासंघ केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले पठाएको शुभकामना मन्तव्यलाई महासचिव नन्दराज घलेले पढेर सुनाएका थिए ।

May be an image of 9 people, people sitting and people standing

शेर्पा किदुङ्ग बेल्जियमका अध्यक्ष सोनाम शेर्पा, तमु समाज बेल्जियमका अध्यक्ष ओम राज तमु, विश्व मगर समाज बेल्जियमका अध्यक्ष लोक राना मगर, तामाङ्ग समाजका अध्यक्ष राम लामा, संयुक्त किराँत समाजका कार्यबाहक अध्यक्ष इन्दिरा चाम्लिङ्ग, प्रथम उपाध्यक्ष कविता सावदेन, थकाली समाजका अध्यक्ष सरोज गौचनलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

सोही अवसरमा विश्व आदिवासी आन्दोलन बारे उपाध्यक्ष होम तमुले विचार राखेका थिए । तमुले गतवर्ष कोरोना प्रभावित क्षेत्रमा ६ थान अक्सिजन कन्स्ट्रेटर उपलब्ध गराउने सात जातीय समाजहरुलाई प्रशंसापत्र वितरण गरेका थिए ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १३:१६ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...