back
CTIZAN AD

फुट्यो नेकपा, पार्टी नेतृत्वबाट हटाइए विप्लव

वि.सं.२०७९ वैशाख २१ बुधवार

765 

shares

काठमाडौं । विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टीको बहुमत पक्षले नेत्रविक्रम चन्द ‘विप्लव’लाई महासचिवबाट हटाएको छ । बुधबारदेखि चितवनमा बसेको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको पक्षको भेलाले विप्लवलाई हटाएको हो ।

भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । नेता गुणराज लोहनीका अनुसार बहुमत केन्द्रीय सदस्यहरुको बैठकले पार्टीको निर्णयविपरित गतिविधि गरेको ठहरसहित कारबाही गरिएको हो ।

“केन्द्रीय समितिको पूर्णं बैठकले गरेका निर्णयहरु विपरित विप्लव जीहरु हिँड्न खोज्नुभयो । उहाँले पार्टीको विधि र विधान विपरित चुनावमा केही व्यक्तिहरु उठाउनुभयो । बहुमत पक्षको निर्णय विपरित उहाँले गतिविधि गर्न थालेपछि हामीले विरोध गर्दा उल्टै कारबाहीको निर्णय गर्न थाल्नुभयो ।” लोहनीले भनेका छन्, “पार्टीको विधि विधानलाई लत्याउने विप्लव जीलाई पार्टी जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेका छौं ।”

उनका अनुसार बैठकले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाउने निर्णय पनि गरेको छ । ६९ सदस्यीय केन्द्रीय समितिका ४० भन्दा बढी सदस्यहरु बैठकमा उपस्थित रहेको उनले जनाएका छन् ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १४:०४ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...