back
CTIZAN AD

‘ब्याजदर अझै बढ्छ, सामना गर्न तयार रहनुस’ -गभर्नर अधिकारी

वि.सं.२०७९ वैशाख २२ बिहीवार

732 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर थप बढ्ने बताएका छन् ।

बुधबार काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा अधिकारीले सो कुरा बताएका हुन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता अभाव बढेको र त्यसको असर ब्याजदरमा परेको उनको भनाइ थियो । वर्तमानमा देखिएको आर्थिक अवस्थाको कारणले पनि बैंकको ब्याजदर बढ्ने गभर्नर अधिकारीले बताए ।

ब्याजदर बढ्नेतर्फ संकेत गर्दै उनले अहिले नीतिगत ब्याजदर नै थप बढाउनुपर्ने अवस्था देखिएको र वर्तमान परिस्थितिले नै ब्याजदर वृद्धिको ‘डिमान्ड’ गरिरहेको तर्क गरे ।

ब्याजदर कोभिडको अगाडिको अवस्थामा पनि नगएको बताउँदै उनले परिस्थितिले ब्याजदर अहिलेको भन्दा माथि जानुपर्छ भन्ने डिमान्ड गरिरहेको बताए ।

वर्तमान ब्याजदरलाई नीतिगत रुपमा नै बढाउनुपर्नेतर्फ जोड दिँदै गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै नीतिगत ब्याजदर २ प्रतिशत बढाएको स्मरण गराए ।

त्यस्तै उनले अर्थतन्त्र र बाह्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने मुख्य औजार भनेकै नीतिगत ब्याजदर भएको र तत्कालका लागि आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्नेजस्ता केही अस्थायी औजारको प्रयोग गरेको उनको भनाई थियो । नेपाल राष्ट्र बैंकले वर्तमान अवस्थामा प्रयोग गरिरहेको औजारहरु भनेको सीमित अवधिका लागि मात्रै भएकोले बैंकिङ तरलतामा सुधारका लागि मौद्रिक औजार भनेको नीतिगत ब्याजदर भएको उनले बताए ।

अर्थततन्त्र जोगाउनका लागि पनि अहिले ब्याजदर वृद्धि आवश्यक रहेको गभर्नर अधिकारीको तर्क छ । उनि भन्छन्, ‘अर्थतन्त्र रह्यो भने मात्रै त्यहाँभित्र हामी रहने हो । त्यहाँभित्र व्यापारीले व्यापार र उद्योगीले उद्योग गर्ने हो । अर्थतन्त्र नै रहेन भने के गर्ने ? अहिले अर्थतन्त्र कसरी जोगाउने त्यतातिर सोच्नुपर्छ । ब्याजदर थप वृद्धि हुन्छ, त्यसका लागि सबै तयार रहनुपर्छ ।’

वि.सं.२०७९ वैशाख २२ बिहीवार ०८:११ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...