काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आज बैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपिओ निष्काशन गरेको छ । हाइड्रोपावरले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ६ र ७का स्थानीयका लागि शेयर निष्काशन गरेको हो ।
हाइड्रोपावरले स्थानीयका लागि ९ लाख कित्ता शेयर निष्काशन गरेको हो । उक्त शेयरका लागि स्थानीयले जेठ ८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेको खण्डमा जेठ २३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।
हाइड्रोपावरले स्थानीयका लागि शेयर निष्काशन गरेपछि पुनः सर्बसाधारणका लागि शेयर निष्काशन गर्ने । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले बैशाख ४ गते आईपिओ निष्काशनका लागि अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल २२ करोड ५० लाख रुपैंया बराबरको २२ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्ने छ ।
कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी विधुत् उत्पादन गरिरहेको छ ।
वि.सं.२०७९ वैशाख २५ आइतवार ११:२० मा प्रकाशित




























