back
CTIZAN AD

मङ्लगबार रातिदेखि सीमानाका बन्द हुने

वि.सं.२०७९ वैशाख २६ सोमवार

717 

shares

राजविराज । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको सम्पूर्ण सीमानाका मङ्गलबार राति १२ बजेदेखि निर्वाचन हुने शुक्रबार राति १२ बजे सम्मका लागि बन्द गरिने प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए ।

यसैबीच स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मादकपदार्थ बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लागाइएको छ । मदिराका कारण विभिन्न खालका घटना हुनसक्ने भएकाले तिनको कारोबार र सेवनमा रोक लगाइने निर्णय गरिएको र निर्णयविपरीत कसैले काम गरेको पाइएमा कारबाही गरिने उनले जानकारी दिए ।

जिल्लाका उद्योगी, व्यवसायी र सर्वसाधारणलाई निर्वाचन अवधिभर मदिरा भण्डारण र बिक्री वितरण नगर्न आग्रह गरिएको छ । साथै अनुमति लिएर मात्र सवारीसाधन प्रयोग गर्न, आपसी सद्भाव कायम राख्न र आचारसंहितापालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबैलाई आग्रह गरेको छ ।

वि.सं.२०७९ वैशाख २६ सोमवार १२:१४ मा प्रकाशित

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

काठमाडौँ । सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट...

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के-के काम गर्ने छ त ?

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै...

नयाँ सामग्री खरिद नगर्न निर्देशन

नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य...

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...