back
CTIZAN AD

विप्लव नेतृत्वको नेकपा विभाजित, बास्तोलाको नेतृत्वमा बन्यो नेकपा (बहुमत)

वि.सं.२०७९ वैशाख २६ सोमवार

828 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी औपचारिक रुपमा विभाजित भएको छ । नेता धर्मेन्द्र बास्तोला नेतृत्वको समूहले नेकपा (बहुमत) गठन गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोला नेतृत्वको समूहले नयाँ पार्टी गठन गरेको जानकारी गराएको हो । असन्तुष्ट पक्षले बास्तोलालाई केन्द्रीय संयोजकको रुपमा चयन गरेको जानकारी दिएको छ ।

पार्टी घोषणाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेता बास्तोलाले एमालेको चुनाव चिन्हबाट चुनाव लडाएर पार्टीलाई संसदीय व्यवस्थामा फसाउने षडयन्त्र भएपछि त्यसलाई अस्वीकार गरि नयाँ पार्टी गठन गर्नुपरेको बताए । उनले आफ्नो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु रहेको बताए ।

“महासचिव विप्लव समूहले कतिपय केन्द्रीय सदस्यहरूलाई नै एमालेको चुनाव चिह्न लिएर चुनावमा उठाउने जस्तो संसदवादमा लालायित भएपछि हामीहरूले जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्यलाई निरन्तरता दिँदै नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेका हौँ”, बास्तोलाले भनेका छन्, “यो पार्टीको मूल कार्यनीति भनेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु हो, त्यसका लागि हामीले समृद्धि र स्वाधीनताको नारालाई अघि सारेका छौँ, केपी ओली, प्रचण्डहरूले लिएको बाटोबाट देशमा जनवादी क्रान्ति सम्पन्न नहुने देखेपछि हामीहरूले बहुमतले विप्लवलाई छोडेर नयाँ पार्टी बनाएका हौँ ।”

वि.सं.२०७९ वैशाख २६ सोमवार १५:२५ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...