back
CTIZAN AD

चुनावी प्रचारको अन्तिम दिन : ओली झापा, देउवा डडेल्धुरा र मधेश पुगे प्रचण्ड

वि.सं.२०७९ वैशाख २७ मंगलवार

726 

shares

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचार प्रसारको आज अन्तिम दिन हो । अन्तिम दिन भएकाले राजनीतिक दलहरुले प्रचार प्रसार कार्यक्रम टुंग्याउने गरि मंगलबार कार्यक्रमहरु आयोजना गरेका छन् ।

अन्तिम दिनलाई ध्यानमा राखेर सबैजसो नेताहरु गृहजिल्लाको चुनावी अभियानमा सरिक भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरामा छन् । उनले आज डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । देउवाले सोमबार धनगढीको सभालाई सम्बोधन गरेका थिए ।

सोमबारसम्म भएका चुनावी कार्यक्रमहरुमा देउवा र गठबन्धनका अर्का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै थिए । प्रचण्ड मंगलबारदेखि आज मधेशका चुनावी अभियानमा सहभागि हुँदैछन् ।

प्रचण्डले मंगलबार बारा, सर्लाही, महोत्तरी र रौतहटका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रम छन् । कतिपय मधेशका कार्यक्रममा प्रचण्डसँगै नेता माधवकुमार नेपाल पनि सहभागि हुने कार्यक्रम रहेको बताइएको छ । रौतहटको कार्यक्रममा प्रचण्ड र माधव नेपाल सँगै रहनेछन् । माधव नेपालले मधेशको कार्यक्रम सकाएर आज नै काठमाडौं र ललितपुरमा आयोजित कार्यक्रममा पनि सहभागि हुने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार नै आफ्नो गृहजिल्ला झापा पुगेका थिए । ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले बताएअनुसार झापाको कार्यक्रम सकेर ओली मंगलबार नै काठमाडौं आइपुग्नेछन् । ओलीले काठमाडौं भृकुटीमण्डपमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव चुनाव सुरु भएदेखि नै मधेश केन्द्रीत कार्यक्रममा छन् । यादवको सचिवालयले जनाएअनुसार यादव मंगलबार सुनसरी, रौतहट र मोरङका कार्यक्रममा सहभागि हुनेछन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा सोमबारदेखि नै झापामा छन् । उनी मंगलबार झापाका विभिन्न स्थानमा आयोजना हुने चुनावी अभियानमा सहभागि हुनेछन् । लिङ्देन भोट हालेर मात्रै काठमाडौं फर्किनेछन् ।

वि.सं.२०७९ वैशाख २७ मंगलवार १२:५१ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...