रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई माओवादी केन्द्रमा फर्कन आग्रह गरेका छन् । नेता पुनले सोमबार रोल्पाको सुनछहरी गाउँपालिकाको फगाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विप्लवलाई माआवादी केन्द्रमा फर्किन आग्रह गरेका हुन् ।
नेता पुनले माओवादी केन्द्रमा पर्किए विप्लवसहित सो समुहका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफुहरु तयार रहेको बताए । उनले विप्लवले अरु दलको चुनाव चिह्न लिएर स्थानीय निर्वाचनमा भाग लिनु भन्दा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा समाहित हुनु प्राकृतिक र हितकर हुने बताए ।
रोल्पाका अधिकांश पालिकामा विप्लव समुहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरी स्थानीय तहको निर्वाचनमा भाग लिएको छ ।
वि.सं.२०७९ वैशाख २७ मंगलवार १२:०६ मा प्रकाशित






























