back
CTIZAN AD

असार पहिलोसाता ‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ’ आयोजना हुदै, डिजिटल रुपान्तरणका बिषयमा कार्यक्रम केन्द्रित हुने

वि.सं.२०७९ वैशाख २८ बुधवार

732 

shares

२८ वैशाख, काठमाडौँ । आइसिटी फाउण्डेशन नेपालको आयोजनामा असार पहिलोसाता दुई दिने ह्वावे डिजिटल नेपाल कन्क्लेभ २०२२ इन एसोसिएसन विथ इन्फोडेभलपर्स आयोजना हुने भएको छ । असार ४ र ५ गते द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा प्रसिद्द अन्तरास्ट्रिय कम्पनि ‘ह्वावे’ कार्यक्रमको शिर्ष प्रायोजक र नेपालको सफ्टवेयर क्षेत्रको अग्रणी कम्पनि ‘इन्फोडेभलपर्स’ इन एसोसिएसनको रुपमा रहेका छन । कन्क्लेभमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ६० बढि वत्ता र ७ सयबढि विशिष्ट व्यत्ति तथा विज्ञहरुको सहभागिता रहनेछ ।

डिजिटल रुपान्तरणको लागि डिजिटल नेपाल कन्क्लेभको नारा सहित आयोजना हुने यस कार्यक्रममा विभिन्न १५ बढि महत्वपुर्ण सेसनहरु रहेका छन । कार्यक्रममा डिजिटल नेपालको एजेण्डा र अवधारणाहरुमा वृहत छलफल हुनेछ । नेपाल सरकारले रुपान्तरणकारी परियोजनाको रुपमा अघि बढाएको डिजिटल नेपाल फ्रेमवर्कलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयनमा लान सकिन्छ भन्ने सन्दर्भमा कन्क्लेभ केन्द्रित रहनेछ । यस कार्यक्रममा डिजिटल नेपालको अभियान, डिजिटल रुपान्तरणको प्रयास, नविनतम प्रविधिहरु र यसका अभ्यासहरुसँग जोडेर सान्र्दभिक बहसहरु सञ्चालन गरिने आयोजक आइसिटी फाउण्डेशन नेपालका अध्यक्ष राजन लम्सालले बताए ।

कन्क्लेभमा युवाहरुको इन्नोभेटिभ आइडियाहरुलाई पनि स्थान दिइनेछ भने बिद्यार्थीका डिजिटल नेपाल सम्वन्धि क्रिएशनलाइ पनि प्रस्तुतिको लागि समय प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न देशमा रहेर प्रविधिको क्षेत्रमा काम र अनुसन्धान गरिरहेका नेपालीहरुलाई पनि कार्यक्रममा समाबेश गरिनेछ । सरकारी तथा निजिक्षेत्रका महत्वपुर्ण डिजिटल नेपालको इस्कोसिस्टममा काम भैरहेका प्रोजेक्टहरुलाई पनि प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।

डिजिटल नेपाल कन्क्लेभको प्रिमियरको रुपमा आयोजकले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम समेत आयोजना गरिरहेको छ । कोभिड १९ को कारण भएको पहिलो लकडाउनदेखि सुरु भएको ‘डिजिटल संवाद’, यस वर्ष तेस्रो संस्करणको रुपमा सातै प्रदेशमा ‘डिजिटल प्रदेश कार्यक्रम’को रुपमा आयोजना भएको हो । गण्डकी, लुम्बिनी, मधेस र प्रदेश १ मा आयोजना भइसकेको यस कार्यक्रम जेष्ठ पहिलोसाता बाकि ३ प्रदेशमा आयोजना हुनेछ । यस कार्यक्रमबाट प्र्राप्त रिपोर्ट तथा प्रदेशको डिजिटल अवस्था र योजनाको बारेमा पनि कन्क्लेभमा छलफल हुनेछ । यस कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समर्थन र नेपाल दुरसञ्चार प्राधिकरण लगायतका महत्वपुर्ण संस्थाहरुको सहयोग तथा सहकार्य रहेको छ ।

कार्यक्रमको शिर्ष प्रायोजक ह्वावे विश्वका १७० भन्दा बढी देशहरु दुरसञ्चार तथा नविनतम प्रविधिहरुको इन्नोभेसन, विकास तथा विस्तार गरिरहेको नेतृत्वदायी कम्पनी हो, जसले विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिरहेको छ । ह्वावे नेपालमा २१ वर्षदेखि नेपालको आइसिटी उद्योगमा सेवा गर्दै आएको छ । त्यसैगरी इन एसोसिएसनको रुपमा रहेको इन्फोडेभलपर्सले दुई दशकदेखि बैंकिङ तथा वित्तिय क्षेत्र लगायत नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीहरुलाई प्राथमिकतामा राखेर सफ्टवेयर विकास गरिरहेको छ । कम्पनीको सफ्टवेयरबाट ३५ लाख बढीले सेवा लिइरहेका छन् ।

वि.सं.२०७९ वैशाख २८ बुधवार ११:२६ मा प्रकाशित

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

रिलायबल नेपाल लाइफको व्यापारमा उल्लेख्य वृद्धि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को...

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

एनसेलले बुझायो करिव ५ अर्बको लाइसेन्स नवीकरण दस्तुर

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...