७ चैत, त्रिशूली । पोखरीमा डुबेर जिलिङमा आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा सर्लाही लक्ष्मीपुर–९ घर भई नुवाकोट जिलिङ–१ स्थित जालपाबारही इँटा उद्योगमा मजदुरी गर्दै आएका जयकरण माझीको १८ महिनाकी छोरी नन्दली माझी रहेका छन् । इँटा उद्योग परिसरमा बनाइएको पोखरीको पानीमा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
परिवारका सदस्यहरु उद्योगमा काम गरिरहेको समयमा खेल्ने क्रममा इँटा बनाउन जमाएको पानीमा बालिका डुबेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो ।