Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली देशभक्त आवाज दिल्लीद्दारा नेपाली महिलाको उद्दार



delhiनेपालीहरुको सोझोपनको फाइदा हरेक मानिसहरुले लिदै आएकाछन यिनै कारण देशबिदेशमा विभिन्न किसिमका घटनाहरु नेपालीहरूसंग घटिरहेको कुनै नौलो घटना पनि होइन तरपनी पटकपटक यसरी ठगिदा बेचिदा आफ्नो जिन्दगी बर्वाद बनाउन बाध्य छन नेपालीहरु ।

यस्तै फेरि अर्को घटना दिल्लीमा भेटियो बुटवल देविनगर घर भइ दुवै जाने प्रलोभनमा फसिसकेकी अनिता चौधरीलाई दिल्लीस्थित सरोजनीनगरबाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले उनलाइ सहिसलामत उनको आफ्नै दाजुलाइ सुम्पेको छ ।

अनितालाइ दुवैमा कार्यरत एक भारतिय महिलाको घरमा काम गर्नको लागि मगाइएको जानकारीअनुसार वास्तविक कुरा बुझ्दै जाँदा दुवइमा रहेका अन्य दुई जना नेपाली महिलाले यी अनिता संग ९० हजारको लागतमा अनितालाइ दुवै ल्याउने कुरा रहेको बताइन् । तर जस्ले अनितालाइ बोलाएको थियो उस्ले फ्री विजा फ्री टिकट भएको भारतिय महिलाले देशभक्तका प्रतिनिधि संग बताइन् ।
वास्तवमा ती भारतीय महिलाले वैधानिक रुपले मगाउन चाहेकी बताइन् तर अनिता र म बिच अन्य नेपाली महिलाले ९० हजारको डिल गरेको कुरा सुनेपछी अचम्म पर्दै भनिन् ‘अनिता संग कुनै पैसाको कुरा भएको थिएन् उनलाइ मैले मगाएकी हुँ यो साँचो हो तर कुनै पैसा मागेको चै थिएन’ भन्दै उनलाइ जसरी हुन्छ दुवईसम्म पुर्याउने प्रावधान मिलाइ पठाइदिनुहुन अनुरोध गरेकी थिइन् ।
यता अनितालाइ रिसिभ गर्न आउने भन्ने ब्याक्ती पनि नआएपछी भाषा पनि नजानेकि अनिता यो बिरानो ठाँउमा बिचल्लीमा परेको थाहा भएपछी अनिताको घरपरिवार स्टमित्रहरु संग सम्पर्क गरि शनिबार दुईदिन पछि भारतकै पन्जाबमा कार्यरत अनिताको दाजु तुल बहादुरको हातमा नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले अनितालाइ सुम्पेका छन ।
अब उनलाइ वैधानिक रुपले नेपाल सरकारको नियम कानुन अनुसार श्रम बनाएर मात्रै दुवै पठाउने उनका दाजुले बताए ।

नेपाल सरकारले कुनैपनी नेपाली अबैधानिक रुपले बिदेश नजान बारम्बार सुचित गरिरहादापनी जानअन्जानमा यसरी लुकिछुपी बिदेश पस्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो यस्तो नगर्न दिल्लीमा आएर बिचलित पर्ने कुनैपनी नेपालीहरुले नजिकको प्रहरी कार्यालय अथवा नेपाली देशभक्त आवाजका ब्याक्तिहरुलाइ तुरुन्तै सम्पर्क गरि सुरक्षीत रहन हरेक नेपालीहरुलाइ यसै समाचार मार्फत जानकारी गराएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.