२ जेठ, काठमाडौँ । लखनऊ सुपर जायन्ट्सलाई २४ रनले पराजित गर्दै राजिस्थान रोयल्स आईपिएल अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको राजिस्थानले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाएको थियो । राजिस्थानका लागि ब्याटिङ्गमा यशस्वी जैसवालले सर्वाधिक ४१ रन बनाएका थिए भने लखनऊका लागि बलिङ्गमा रवि बिश्नोईले सर्वाधिक २ विकेट लिएका थिए ।
१७९ रनको लक्ष्य पछाएको लखनऊको टिमले २० ओभरमा ८ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । लखनऊका लागि ब्याटिङ्गमा दिपक हुड्डाले ५९ रनको अर्धसतकीय पारी खेले पनि टिमलाई जित भने दिलाउन सकेनन् । राजिस्थानका लागि बलिङ्गमा ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्ण र ओबेड म्याकोईले सर्वाधिक २/२ विकेट हात पारको थिए ।
वि.सं.२०७९ जेठ २ सोमवार ०९:२३ मा प्रकाशित
























