back
CTIZAN AD

पाँचथरमा २६ वडामा मतगणना सम्पन्न, कुन दलले कति स्थानमा जीत हासिल गर्यो ?

वि.सं.२०७९ जेठ २ सोमवार

771 

shares

पाँचथर । आठ स्थानीय तह र ६० वडा रहेको जिल्लामा आइतबार बेलुकी सम्ममा २६ वडाको मतगणना सम्पन्न भएको छ । यस्तै जिल्लाको कुम्मायक गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ ।

मतगणनाबाट प्राप्त परिणामअनुसार हालसम्म जिल्लामा नौ वडामा विजय हासिल गर्दै एमाले अग्रस्थानमा छ भने कांग्रेसले हालसम्म सात वडामा विजय हासिल गरेको छ । माओवादीले हालसम्म पाँच वडामा विजय हासिल गरेको छ । यस्तै एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टीले एक वडामा विजय हासिल गरेका छन् । जिल्लाका दुई वडामा स्वतन्त्र उम्मेदवारले विजय हासिल गरेका छन् ।

याङवरक गाउँपालिकाको वडा वडा नं १ एमालेका राजेन्द्र खालिङ राईको प्यानल विजयी भएको छ भने वडा नं २ मा गठबन्धनको कांग्रेसका देउकुमार योङहाङको प्यानल विजयी भएको छ ।

हिलिहाङ गाउँपालिका वडा नं १ मा गठबन्धनको कांग्रेसका सन्तोष लिङदेनको प्यानल, वडा नं २ मा एमालेका भीमप्रसाद हेम्ब्याको प्यानल, वडा नं ३ मा एमालेका वीरेन्द्रकुमार योङहाङको प्यानल र वडा नं ४ मा गठबन्धनको एकीकृत समाजवादीका धनपति गिरीको प्यानल विजयी भएको छ ।

फालेलुङ गाउँपालिकाको वडा नं १ मा स्वतन्त्र उम्मेद्वार टेकबहादुर गुरागाईं र उनको प्यानलका तीन सदस्य विजयी भएका छन् । फालेलुङको वडा नं ६ गठबन्धनको कांग्रेसका अमरवीर राईको प्यानल, वडा नं ७ मा कांग्रेसकै टेकबहादुर केरुङको प्यानल र वडा नं ८ मा गठबन्धनको माओवादी केन्द्रका श्रीहाङ केरुङको प्यानल विजयी भएको छ ।

फिदिम नगरपालिकाको वडा नं १ मा एमालेका गजाधर भट्टराईको प्यानल तथा वडा नं २ मा दीननाथ अधिकारी सहित तीन सदस्य विजयी भएका छन् । फिदिमकै वडा नं १३ मा गठबन्धनका माओवादीका दिलकुमार नेम्वाङ र वडा नं १४ राजकुमार नेम्वाङको प्यानल विजयी भएको छ ।

कुम्मायक गाउँपालिकाको वडा नं १ मा गठबन्धनको जसपाका देवेन्द्रकुमार लाओती, वडा नं २ मा गठबन्धनकै बालकृष्ण शेर्माको प्यानल विजयी भएको छ । कुम्मायक वडा नं ३ मा एमालेका बावुराम कार्की र वडा नं ४ मा फगेन्द्रकुमार सम्बाहाम्फेको प्यानलले विजय हासिल गरेको छ ।

तुम्बेवा गाउँपालिका वडा नं १ गठबन्धनको माओवादी केन्द्रका धनबहादुर कार्की विजयी हुँदा तीन जना सदस्य एमालेका विजयी भएका छन् । तुम्बेवा वडा नं २ मा एमालेका धनकुमार लावतीसहित तीन सदस्य एमालेबाट विजयी भएका छन् ।

फाल्गुनन्द गाउँपालिकाका हालसम्म तीन वडामा मतणना सम्पन्न हुँदा तीन वटामै गठबन्धनको कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं। १ मा होमप्रसाद आङदेम्बे, वडा नं २ मा सन्तोष नेम्वाङ र वडा नं ३ मा सुखवीर नेम्वाङको प्यानल विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवार घनेन्द्र आङदेम्बे विजयी हुँदा चार जना सदस्य गठबन्धनले जितेको छ । मिक्लाजुङको वडा नं ७ मा गठबन्धनको माओवादी केन्द्रका हेमचन्द्र रेग्मी र वडा नं ८ मा एमालेका रामेश्वर वाजीको प्यानल विजयी भएका छन् । बाँकी वडामा मतगणना जारी छ ।

 

 

 

 

वि.सं.२०७९ जेठ २ सोमवार ०९:३६ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...