back
CTIZAN AD

फिनल्याण्ड, स्वीडेन नाटोमा सम्लग्न हुनेमा अमेरिका विश्वस्त : ब्लिन्केन

वि.सं.२०७९ जेठ २ सोमवार

786 

shares

२ जेठ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार टर्कीले व्यक्त गरेको चिन्ताको बावजुद स्वीडेन र फिनल्याण्डले औपचारिक रूपमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सम्लग्न हुनका लागि आवेदन दिएमा नाटोमा सामेल गर्न सकिने विश्वास व्यक्त गरेका छन ।

बर्लिनमा यससम्बन्धी छलफलका लागि नाटो राष्ट्रका विदेश मन्त्रीहरू भेला भएपछि ब्लिन्केनले संवाददाताहरूलाई भन्नुभयो, “यदि तिनीहरूले गठबन्धनमा औपचारिक रूपमा आवेदन गर्ने निर्णय गरेमा संयुक्त राज्य अमेरिकाले स्वीडेन वा फिनल्याण्डद्वारा नाटो आवेदनलाई दृढतापूर्वक समर्थन गर्नेछ ।

उनले उनीहरूको नाटो सदस्यताका लागि ‘एकदमै बलियो समर्थन’ रहने आफुलाई जानकारी रहेको बताए । उनले भने, “सहमतिमा पुग्नेमा म पूर्ण विश्वस्त छु ।”

पुटिनको चेतावनी

यसैबीच रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिएका हुन ।

पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न उनलाई आग्रह गरे ।

स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने विषयमा बहस तीब्र भएको छ ।

फिनल्याण्ड र रुसबीच एक हजार ७०० किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड उर्जाका लागि रुसमा निर्भर छ । रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ ।

वि.सं.२०७९ जेठ २ सोमवार ०९:४७ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...