back

फिनल्याण्ड, स्वीडेन नाटोमा सम्लग्न हुनेमा अमेरिका विश्वस्त : ब्लिन्केन

वि.सं.२०७९ जेठ २ सोमवार

141 

shares
NTC AD
Global IME AD

२ जेठ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार टर्कीले व्यक्त गरेको चिन्ताको बावजुद स्वीडेन र फिनल्याण्डले औपचारिक रूपमा उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सम्लग्न हुनका लागि आवेदन दिएमा नाटोमा सामेल गर्न सकिने विश्वास व्यक्त गरेका छन ।

बर्लिनमा यससम्बन्धी छलफलका लागि नाटो राष्ट्रका विदेश मन्त्रीहरू भेला भएपछि ब्लिन्केनले संवाददाताहरूलाई भन्नुभयो, “यदि तिनीहरूले गठबन्धनमा औपचारिक रूपमा आवेदन गर्ने निर्णय गरेमा संयुक्त राज्य अमेरिकाले स्वीडेन वा फिनल्याण्डद्वारा नाटो आवेदनलाई दृढतापूर्वक समर्थन गर्नेछ ।

उनले उनीहरूको नाटो सदस्यताका लागि ‘एकदमै बलियो समर्थन’ रहने आफुलाई जानकारी रहेको बताए । उनले भने, “सहमतिमा पुग्नेमा म पूर्ण विश्वस्त छु ।”

पुटिनको चेतावनी

यसैबीच रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले छिमेकी राष्ट्र फिनल्याण्डलाई नेटोको सदस्यता नलिन चेतावनी दिएका छन । राष्ट्रपति पुटिनले फिनल्याण्डका राष्ट्रपति सौली निनिस्टोलाई टेलिफोन गरी नेटोमा आवद्ध नहुन चेतावनी दिएका हुन ।

पुटिनले क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने काम नगर्न उनलाई आग्रह गरे ।

स्वीडेनले नेटो गठबन्धनमा सामेल हुने घोषणा गरेपछि फिन्ल्याण्डमा पनि नेटो गठबन्धनमा सामेल हुने विषयमा बहस तीब्र भएको छ ।

फिनल्याण्ड र रुसबीच एक हजार ७०० किलोमिटर लामो सीमा जोडिएको छ भने फिनल्याण्ड उर्जाका लागि रुसमा निर्भर छ । रुसले फिनल्याण्ड र स्वीडेन नेटोमा सामेल भए बाल्टिक क्षेत्रमा आणविक शक्ति तैनाथ गर्ने बताइसकेको छ ।

वि.सं.२०७९ जेठ २ सोमवार ०९:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...