
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा जित नजिक देखिएको छ । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले एकलौटी जितेको शंखरापुरमा यसपटक भने राप्रपा जित नजिक पुगेको हो ।
सोमबार मध्यान्हसम्मको मतगणनाको नतिजाअनुसार राप्रपाका रमेश नापितले ३ हजार ७०३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मतसहित पछ्याइरहेका छन् ।
०७४ को निर्वाचनमा एकलौटी जितेको एमाले भने यसपटक पछाडि परेको छ । शंखरापुरमा एमाले तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएको छ ।
शंखरापुरमा हालसम्म १४ हजार ४३३ मतको गणना भइसकेको छ । बाँकी २ हजार ७१७ मत गन्न बाँकी छ ।
बाँकी मतलाई अहिलेको अग्रतालाई हेर्दा राप्रपाले जित्ने सम्भावना धेरै देखिएको छ । हाल मतगणना जारी रहेका वडाहरुमा पनि राप्रपा अगाडि छ ।