
इनरुवा । सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेल विजयी भएका छन् ।
कर्णले ३३ हजार ४९ मत ल्याई विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार केशवकुमार विष्ले १८ हजार ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
देशैभरी रहेका ११ उपमहानगरपालिकामध्ये हालसम्म ७ उपमहानगरपालिकाको मत परिणाम सार्वजनिक भएको जसमा नेपाली कांग्रेसले ३, एमालेले २, माओवादी केन्द्र र एकिकृत समाजवादीले १/१ उपपमहानगर प्रमुखमा जित हासिल गरेका छन् ।