back
CTIZAN AD

६ उपमहानगरको मत परिणाम सार्वजनिक, हेर्नुहोस् कुन दलले कहाँ जिते त ?

वि.सं.२०७९ जेठ ८ आइतवार

705 

shares

काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

देशैभरीका ११ उपमहानगरमध्ये हालसम्म ६ उपमहानगरसहित ६ सय ९५ स्थानीयतहको मत परिणाम सार्वजनिक भइसकेको छ ।

देशैभरी रहेका ११ उपमहानगरमध्ये ६ वटाको मत परिणाम सार्वजनिक भएकोमा नेपाली कांग्रेसले २, नेकपा एमालेले २ र नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) ले १/१ स्थानमा जित हासिल गरेका छन् ।

हालसम्म प्राप्त मतपरिणाम अनुसार बाराको जितपुर सिमरा उपमहानगरपालिकामा माओवादी केन्द्रका राजन पौडेल र उपप्रमुखमा नेकपा एमालेका भोला प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी कलैया उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका विनोदप्रसाद साह र रौशन परविन, घोराही नगरपालिकाको प्रमुखमा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमाकुमारी डिसी विजयी भएकी छन् ।

त्यसैगरी नेपालगंज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट तथा उपप्रमुखमा जनता समाजवादी पार्टीका उपप्रमुख कमरूद्दीन राई निर्वाचित भएका छन् भने बुटवल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपप्रमुखमा एमालेकी सावित्रादेवी अर्याल विजयी भएका छन् ।

त्यस्तै हेटौंडा उपमहानगरपालिकाको मेयरमा (नेकपा (एकीकृत समाजवादी) की मीना कुमारी लामा र उपप्रमुखमा कांग्रेसका राजेश बानिया निर्वाचित भएका छन् ।

वि.सं.२०७९ जेठ ८ आइतवार ०७:५१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...