back
CTIZAN AD

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङ विजयी

वि.सं.२०७९ जेठ ८ आइतवार

1.2K 

shares

धरान । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएको हो । उनले २० हजार ८२१ लोकप्रिय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार राईले १६ हजार ६९ मत प्राप्त गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन् । सामाजिक अभियान्ता साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए ।

उनले राजनीतिक दलप्रति नकारात्मक सन्देश फैलाउँदै एक्लै घरदैलो कार्यक्रम गरेका थिए । एक्लै भए पनि मुद्दा जायज भएको देखेर धरानका जनताले उनलाई लोकप्रिय मत दिएर जिताएका छन् । उनले विसं २०७४ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा ४२२ मत ल्याएका थिए । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनापछि धरानमा वामपन्थीले एक छत्र शासन गर्दै आएका थिए । पहिलो पटक स्वतन्त्र उम्मेदवार नगर प्रमुखमा निर्वाचित भएका छन् ।
धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थी उम्मेदवार नै लगातार प्रमुख भएका छन् । विसं २०४६ को जनआन्दोलनपछि संवैधानिक राजतन्त्रको पालामा २०४८ र २०५४ सालमा भएको निर्वाचानमा वामपन्थी उम्मेदवार नै प्रमुखमा भएका थिए । विसं २०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले जितेका थिए । उनीहरु दुवै जना एमालेबाट चुनाव जितेका थिए । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले एमालेबाट जितेका थिए । धरानको कूल मतदाता १ लाख ३२४ रहेकामा ६२ हजारले मतदान गरेका थिए ।

उपप्रमुखमा लोकतान्त्रिक वाम गठबन्धनबाट अइन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । बेघा २० हजार ५१० मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरेका छन् । अघिल्लो २०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुखमा १४ वडा जितेको एमाले यसपटक निकै खुम्चेको छ । २, ४, ५, ७, ८, १०, १२, १३, १५, १९ नं वडा विजयी भएको छ । प्रमुख र उपप्रमुखमा मत नआए पनि वडाध्यक्षमा उत्कृष्ट मतले एमाले विजयी भएको छ ।
कांग्रेसले १, ३, ९, ११, १६, १८, २० नं विजयी भएको छ । १७ नं वडामा माओवादी केन्द्रका नगर अध्यक्षसमेत रहेका मनोज भट्टराई विजयी भएका छन् । गत निर्वाचनमा पनि भट्टराई विजयी थिए ।

 

 

वि.सं.२०७९ जेठ ८ आइतवार २०:१२ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...