back
CTIZAN AD

सांसद थापाद्धारा सुन्दरी प्रतियोगिता रोक्नुपर्ने माग

वि.सं.२०७९ जेठ ९ सोमवार

771 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ तथा सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नुपर्ने माग गरेकी छन् ।

संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा गरिएको छलफलमा सांसद थापाले यस्तो माग गरेकी हुन् ।

थापाले सुन्दरी प्रतियोगिता नगर्दा राज्यलाई कति घाटा पर्छ भन्ने प्रश्न गर्दै थापाले विगतमा पनि आफुहरुले सुन्दरी प्रतियोगिता रोक्नुपर्ने माग राखेको बताइन् ।

‘बिगतमा पनि हामीले सुन्दरी प्रतियोगिताको विषयमा गम्भीर भएर राज्यले सोच्नुपर्ने भनी आवाज उठाएका हौं, सुन्दरी प्रतियोगिता राज्यको हितका लागि छैन भने यसलाई रोक्न सक्नुपर्छ ।’ सांसद थापाले भनिन् ।

सांसद थापाले जवरजस्ती करणी सम्बन्धी घटनामा उजुरी दिनका लागि कानुनमा एकवर्षे हदम्याद राखिएकोमा त्यो हटाएर महिला हिंसा र हिंसाजन्य घटना वा बलात्कार जस्तो गम्भीर मानवता विरोधी कार्यमा हदम्याद नलाग्ने गरि ऐन बनाउनुपर्ने माग समेत गरिन् ।

त्यस्तै सांसद तथा नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले पनि कानुनमै हदम्याद राख्ने कुरालाई तत्काल हटाउन माग गरेकी थिइन् ।

‘मानवता विरोधी कार्य हो बलात्कार, यसमा हदम्याद राखियो भने एक वर्षपछि फेरि अपराध गर्न सक्छ । अपराधमा कुनै हदसम्म राखिनुहुन्न’, भु्सालले भनिन् ।

जवरजस्ती करणी सम्बन्धी कानुनमा भएको हदम्यादका कारण धेरै युवतीहरुले न्याय पाउन समस्या परेको भन्दै सडकदेखि सदनसम्म कानुनमा भएको हदम्याद हटाउनुपर्ने भन्दै आवाज उठिरहेका छन् ।

 

वि.सं.२०७९ जेठ ९ सोमवार १३:५४ मा प्रकाशित

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...